English Edition

बाग्लुंगमा निर्बाचन सम्पन्न मतगणना बाँकी

बागलुङ-जिल्लाको क्षेत्र नं १ मा शनिवार भएको संविधान सभा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ। निर्वाचन आयोगले दिएको प्रारम्भिक जानकारी अनुसार करिब ७३ प्रतिशत मत खसेको छ। गत निर्वाचनमा ७६प्रतिशत मत खसेको थियो भने  यो उपनिर्वाचनमा करिब तीन प्रतिशत मत कम खसेको जिल्ला निर्वाचन अधिकारी टोलराज उपाध्यायले बताए।
जिल्लाका १९ गाविस र नगरपालिकाका ७० मतदान केन्द्रमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद जोशीले बताए। 'सबै बुथमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ,' जोशीले भने, 'आज राती ११ बजेसम्म सवै विद्युतीय मेसिन सदरमुकाम ल्याइपुर्यावउने व्यवस्था मिलाएका छौँ।' निर्वाचन स्थलबाट सदरमुकामसम्म प्रहरी र शसस्त्र प्रहरीको स्कटिङमा मेसिन ल्याइँदैछ। दलहरुको परामर्शमा मत गणना गर्ने जनाईएको छ। 'दलहरुले सहमति जनाए रातीबाटै मतगणना सुरु गछौँ,' निर्वाचन अधिकारी उपाध्यायले भने, 'नभए आइतबार बिहानबाट मतगणना सुरु हुन्छ।'
मत गणना सुरु गरेको करिब चार घण्टामा परिणाम सार्वजनिक हुने निर्वाचन आयोगका सहसचिब लिलादेवी गड्तौलाले बताईन्। 'एक मेसिनको मत गणना गर्न करिब चार/पाँच मिनेट लाग्छ,' उनले भनिन्। निर्वाचनमा ९ दल र दुई स्वतन्त्र गरी ११ जना उमेद्वार चुनावी प्रतिस्पर्धामा छन्। तत्कालिन नेपाली कांग्रेसका सभासद हरिबहादुर खड्काको सडक दुर्घटनामा परी उपचारको क्रममा निधन भए पछि आज उपनिर्वाचन भएको हो। निर्वाचनको राष्ट्रिय मानब अधिकार आयोग, युएसआइडी, युएनडिपी, नियोग लगायतका संस्थाका पर्यवेक्षकले पर्यवेक्षण गरेका थिए।  
'५२ हजार २ सय मतदातामा करिब ३८ हजार मत खसेको प्रारम्भिक जानकारी आएको छ,' उपाध्यायले भने। मतदान गर्नेमा पुरुषको तुलनामा महिलाको संख्या बढि छ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment