काठमाडौँ / कालीगण्डकी नदी थुनिएको १६ घन्टापछि पानी बग्न थालेको छ । निरन्तर झरेको सुख्खा पहिरोका कारण म्याग्दीको बैसरीमा आइतबार राति एक बजेदेखि थुनिएको कालीगण्डकीबाट पानी बग्न थालेको हो ।
साँझ पाँच बजेबाट पानी बग्न थालेको छ । सुख्खा पहिरोले थुनिएर बनेको बाधबाट पानी बग्न थालेको हो ।
कालीगण्डकी थुनिँदा प्रतिघन्टा दुई लाख घनमिटर पानी जम्मा भएर तीन किलोमिटर माथिसम्म डुबान हुँदा एक सय मिटर गहिराइको तलाउ बनेको थियो ।
साँझ पाँच बजेबाट थुनिएको कालीगण्डकी बग्न थालेको नेपाली सेनाको विकास निर्माण निर्देशनालयका प्रमुख उद्धव विष्टले जानकारी दिए ।
आइतबार बिहानका राती एकबजेबाट कालीगण्डकी नदी थुनिएको थियो । करिब पाँच सय मिटर माथिबाट खसेको पहिरोले भगवती गाविस २ र राम्चे ९ मा रहेका २६ घर पुरीएका छन् । धुनिएको नदी बग्न थालेसँगै नदी किनारका बस्तीमा बाढीको खतरा बढेको छ । नेपाल प्रहरीका नेपाल प्रहरीका प्रवक्ता कमल सिंह बमले बाढीबाट खतरा देखिएका क्षेत्रको बस्ती उठाइसकेको जानकारी दिए ।
About Unknown
We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
0 comments :
Post a Comment