English Edition

मध्यरातमा बेनीबजारमा भागभाग


म्याग्दी : म्याग्दीको उत्तरी बैँसेरीमा खसेको भीषण पहिरोले कालिगण्डकी नदी मध्यरातीदेखि थुनिएको छ । राम्चे–९ काफलडाँडाँ नजिकैको चट्टानी पहाड खसेर झरेको भीषण सुख्खा पहिरोले भगवती–२ स्थित बैंसेरीमा कालिगण्डकी नदी थुनिएको हो । 

राती एक बजे ठुलो चट्टानी पहाड खसेर कालिगण्डकी पूर्णरुपमा थुनिएको प्रहरी नायब उपरीक्षक हिरा गिरीले जानकारी दिए । रातको समयमा निरन्तर पहिरो खसिरहेको थियो । बंैसरीमा ठुलो ताल बनेको छ । बैसरी र फेदीका २६ घर पुरै पुरिएको छ । 

त्यहाँका सर्वसाधारण यसअघि नै सुरक्षित स्थानमा गएकाले कुनै मावनीय क्षति भएको छैन । ‘कालीगण्डकी नदी ९० प्रतिशत थुनिएको छ, सुरक्षित स्थानमा रहन हामीले सबैलाई आग्रह गरेका छौँ, प्रनाउ गिरिले भने । 

मध्यरातीदेखि कालिगण्डकी थुनिएपछि बाँध फुटेर बाढी आउन सक्ने खतरा बढेपछि बेनीबजार, गलेश्वरबजार, पर्वतको बगरफाँट, पर्वत बेनी लगायतका स्थानमा सर्वसाधारणले रातिदेखि नै बजार छाडेका छन् । 

प्रहरीले माइकिङ गर्दै बजार छाडेर उपल्लो भेगमा गएर बस्न बेनीबजारमा आह्वान गर्दै सर्वसाधारणलाई सचेत गराएको छ । अहिले बेनीबजारका सर्वसाधारण बस्ती छाडेर अर्थुङ्गे आसपासको क्षेत्रमा पुगेर बसेका छन् । 

पहिरो झरेको स्थानमा बस्ती नभएको प्रहरीले जनाएको छ । म्याग्दीका प्रहरी नायव उपरीक्षक हिरबहादुर गिरीका अनुसार पहिरो झरेको स्थानमा अहिले जिल्ला भू–संरक्षण कार्यालय म्याग्दीका प्राविधिक पुगिसकेका छन् ।  

पहिरोले कालीगण्डकी ए, जलविद्युत परियोजनाको पावर हाउस तथा उत्पादन गृहसमेत प्रभावित हुने खतरा बढेको छ । 

पाल्पा र आसपासका नदी छेउका गाउँ तथा बस्तीहरुमा स्थानीय रेडियोमार्फत नदी किनारका वासिन्दालाई सबै खबर गरिराखिएको पाल्पाका प्रहरी नायव उपरीक्षक सुमन कुमार तिमिल्सिेना जानकारी दिए ।  

कालिगण्डकी थुनिएपछि बैसरी माथिका बेगखोला, तिप्ल्याङ, महभीर, भिरकाटे, पोखरेबगर, भुरुङतातोपानी, दाना लगायतका स्थानमा डुवानको खतरा रहको छ । 


घुमाउनेताल, गलेश्वर, बेनी लगायत पर्वत, बाग्लुङ र स्याङ्जाको कालिगण्डकी टटिय क्षेत्रका बस्तीमा जोखीम बढेको छ ।

शुक्रबार राती पहिरो खसेपछि भगवती–२ बैंसेरी र राम्चे ९ फेदीका बस्तीलाई सुरक्षित स्थानमा सारिएको थियो । बस्ती सारेको कारण भिषण पहिरो खसेको स्थानमा मानविय क्षति हुन नपाएको स्थानिय राम केसीले जानकारी दिए । 

राती ठुलो आवाज आउने गरी पहिरो खसेर कालिगण्डकी नदी थुनिएपछि त्यसवरपरका सर्वसाधारणमा भागदौड मच्छिएको केसीले जानकारी दिए । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक विमल उपाध्यायको नेतृत्वमा प्रहरी र नेपाली सेनाको टोली पुगिसकेको छ ।


Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment