English Edition

अहिलेको संकट नयाँ नेपालको नक्सा कोर्ने अबसर : राष्ट्रपति

काठमाडौं / राष्ट्रपति डा. रामवरण यादवले भूकम्पले भत्किएका संरचनाको पुनःनिर्माण र संविधान निर्माणलाई सँगसँगै अघि बढाउनु पर्ने बताएका छन् ।
बिहीबार साँझ देशबासीलाई सम्बोधन गर्दै राष्ट्रपति यादवले अब संविधान निर्माण कि भूकम्पले भत्किएका संरचना मध्ये कुन पहिला भन्ने प्रश्न उठ्न सक्ने भन्दै राष्ट्रपति डा. यादवले भने-‘नयाँ संविधान र भत्किएका संरचना निर्माण सँगसँगै अघि बढ्नुपर्छ । त्यसमा पनि संविधान निर्माणलाई बढी प्राथमिकता दिदै जानु राम्रो हुन्छ ।’ उनले भने-‘म विशेष गरी संविधानसभामा रहेका दलहरुलाई आग्रह गर्छु, अन्तरिम संविधान अन्तरगतको गणतन्त्र दिवस यो नै अन्तिम होस् ।’
भत्किएका संरचनाहरु बनाउन वर्षौ लाग्न सक्ने भएकाले संविधान लेखनलाई धेरै समय दिन न्यायोचित नहुने उनले बताए । अबको केही महिना पीडितलाई राहत र अस्थायी बसोबास र व्यवस्थामा नै वित्ने र त्यसपछि मात्र दीर्घकालीन पुनःनिर्माण सुरु हुने भन्दै उनले दलहरुमा भूकम्प पीडितलाई राहत पुर्‍याउन जस्तै एकता संविधान निर्माणमा पनि कायम राख्न आग्रह गरेका छन् ।
साथै अब कुनै पनि बहानामा स्थानीय निकायको चुनाव टार्न नमिल्ने उनको धारणा थियो । ‘यसका लागि पनि संविधान निर्माण पूर्वसर्त बनेको छ’ उनले भने ।
भूकम्पले भत्किएका संरचनाहरुको पुनःनिर्माण र पुनःस्थापनामा ठूलो धनरासी र वर्षौं समय लाग्न सक्ने भन्दै उनले यसमा जनताको भरोसा र तत्परता चाहिने बताए ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय साधन स्रोत जुटाउने प्रयत्नसँगै पुनःनिर्माणका हरेक निर्णय र काममा जनताले स्वमित्व ग्रहण गर्नु पर्ने भन्दै उनले पुर्खाले आफ्नो बल बुद्धि र सीपले  बनाएका गाउँ नगर, मठमन्दिर र धरोहरहरु पुनःस्थापित गर्न अहिलेको पुस्ता सक्षम हुने विश्वास व्यक्त गरे । उनले भने-‘पुनःनिर्माणको कार्यको थालनी गर्दा हामी नेपाल सक्षम छौं, हामी सक्छौं भन्ने संकल्प गरौं ।’
अहिलेको संकटलाई नयाँ नेपालको नक्सा कोर्ने अबसरका रुपमा लिनु पर्ने भन्दै राष्ट्रपतिले सुरक्षित गाउँ तथा नगरको दीर्घकालीन खाका कोर्नु पर्ने बताएका छन् ।
राष्ट्रपति डा. यादवले अब भौतिक निर्माण गर्दा बाढी, पहिरो, भूकम्पलाई पनि ध्यान  गर्न र भूकम्पले दिएको पीडा बिर्सिएर सन्देश नबिर्सन समेत आग्रह गरेका छन् ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment