English Edition

तानसेनको आकाशमा परेको चट्याङ

पाल्पा/ एक महिनायता बारम्बार जमिन हल्लिएर तर्सिएका नेपालीहरुलाई केहीदिनयता चट्याङले पनि तर्साउन बाँकी राखेको छैन। मंगलबार बेलुका आकाशमा लामै समय चर्को आवाजसहित चट्याङ परेका दृश्य देखिए। प्रकृतिक विपदले घेरिएको नेपालमा हावाहुरी, असिनापानी र चट्याङले थप पीडा दिएको छ। 
अस्थायी टहरा, पाल र खुल्ला आकासमा दिनरात काट्न बाध्य हजारौं भूकम्प पीडितलाई प्रकृतिको थप मार परेको छ। आकाशले बर्षायाम सुरु भएको संकेत गरिसकेको छ। तर महिनादिन भैसक्दा पनि भूकम्प पीडितका लागि अस्थाई आवासको जोहो भैसकेको छैन। दिनप्रतिदिन मौषम प्रतिकुल हुँदै गएको छ। भूगर्भविदहरुले यो बर्ष नेपालमा ठूलाठूला पहिरो जाने र जमिन खल्बलिने, भासिने पूर्वानुमान गरेका छन्। बाढी पहिरोले निम्त्याउने संभावित विपद सामना गर्न पूर्व तयारी गर्नुपर्ने उत्तिकै खाँचो देखिन्छ।
हेरौं मंगलबार राती पाल्पा तानसेनको आकाशमा परेको चट्याङका दृश्यः
Lightning Last Night 2
Lightning Last Night 3
Lightning Last Night 4
Lightning Last Night 5
Lightning Last Night 7
Lightning Last Night 6

के हो चट्याङ?

Lightning Last Night 8
चट्याङ आकाशबाट जमीनमा खस्ने एक प्रकारको बिद्युतीय प्रवाह हो। आकाशीय प्रोटोन अणुहरु पृथ्वीमा भएका न्युटल अणु प्राप्त गर्नको लागि जमीनतर्फ चुम्बकीय गतिले झर्छन्। दुई अणुहरु आपसमा जोडले घर्षण हुँदा विद्युतीय करेन्ट उत्पन्न हुन्छ। हुरीबतासको मौसम वा वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीब्र गतिको वायु आपसमा ठोक्किँदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर उत्पन्न हुन्छ त्यसलाई चट्याङ भनिन्छ। साधारणतयाः चट्याङको आवाज २० किलोमिटर दुरीसम्म सुन्न सकिन्छ। भूकम्प जस्तै चट्याङ कहाँ र कहिले पर्छ भनेर पूर्वानुमान लगाउन सकिँदैन। यो वर्षा भएका ठाउँबाट १५ किलोमिटरभन्दा बढीसम्म पर्न सक्छ।

चट्याङबाट बच्ने उपायः

Lightning Last Night 4
–बिजुली चम्केको बेला सतर्क रहनु पर्छ।
–फोन, कम्प्युटर, गेम, रेडियो, टेलिभिजन जस्ता विद्युतीय सामग्री नचलाउने।
–विद्युतीय तरङ्ग टिप्न सक्ने फलाम, चिसो वस्तु नछुने।
–बिजुली चम्केको केही समय पानी परेको क्षेत्रमा ननिस्कने।
–सकेसम्म घरभित्रै झयालढोका बन्द गरेर सुक्खा ठाउँमा बस्ने।
–खुला ठाउँमा भए कुनै घर अथवा भवनमा छिर्ने, सम्भव नभए कडा छाना भएको कार, बस वा ट्रकभित्र बस्ने।
–सकभर अग्लो पहाड, ढिस्को र रूखमुनि तथा जमीनमा नबस्ने।
–धातुका ह्याण्डल, चेन भएका ब्याग, वा अन्य सामान नबोक्ने नछुने।
–तारबार, पोखरी, ठूला रुख नजिक नबस्ने।
–चट्याङ परेको क्षेत्रमा हुनुहुन्छ र सरिरमा असहज हुनेगरी केही चिजले घोँचेजस्तो महसुस भएको छ, आङ जिरिङ भएर रौँ ठडिएको छ भने चटयाङले हान्ने संभावना भन्ने बुझेर तुरुन्तै टाउकोमाथि हात राखेर कुइना र घुँडाले टेकेर घोप्टो पर्नु पर्छ।
(एजेन्सीको सहयोगमा)
(सबै तस्बिर फोटो पत्रकार टेकनारायण भट्टराईले नागरिक दैनिकका लागि खिचेका हुन् |)
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment