
काठमाडौं,३ जेठ– बालज्ञानी गुरु आदित्य दाहालले प्रधानमन्त्री सुशील कोइरालाकै अगाडि बसेर लेखिदिए,‘ अनिष्ट केही समयमा नै हट्ने छ । ’ विगत,वर्तमान र भविष्यका जुन सुकै विषयमा सही तथ्य लेखेर आदित्यले चकित पार्दै आएका छन् । उनको अद्भूत क्षमताका कारण देख्ने जान्ने सबैले उनी यो धर्तीका लागि आश्चर्य र अध्ययनको विषय भएको बताउने गरेका छन् । बालज्ञानी गुरु आदित्यको नाममा स्थापित आदित्य संरक्षण प्रतिष्ठानको तर्फबाट प्रधानमन्त्री राहत कोषमा दुई लाख सात हजार नगद जम्मा गरिएको छ । सोही राहत जम्मा गर्न प्रधानमन्त्री निवास बालुवाटार लगिएका समयमा आदित्यले प्रधानमन्त्री कोइरालाकै सामुन्यमा बसेर अनिष्ट केही समयमा हट्ने लेखेका हुन् । उनले लेखेको पुरा वाक्य यस्तो छ,‘ नआत्तिनु यो अनिष्ट केही समयमा हट्नेछ । देशले काँंचुली फेर्ने छ,पीए ज्यू हजूरको इच्छा पुरा हुन्छ । ’ गत बैशाख १२ गतेको महाभुकम्पपछि अद्भुत ज्ञानका सागर आदित्यले अर्को ठूलो भुकम्पको खतरा छ भनेर भविष्यवाणी गरेको भनि प्रचार भएको थियो । आदित्य संरक्षण प्रतिष्ठानले त्यस्तो प्रचारमा कुनै सत्यता नभएको र समाजमा त्रास फैलाउन चाहनेहरुको दुष्प्रचार मात्र भएको भनी खण्डन गरेको छ । आदित्यले यो अनिष्ट हट्ने मुलुकले काँंचुली फेर्ने कुरा यस विचमा पटक पटक बताइसकेका छन् । आदित्यले जेठ १ गते आफ्नै निवासमा आयोजित सत्संग कार्यक्रममा सन्देश दिदै लेखेका थिए,‘ धर्तीमातासँंग एकतासहितको शान्ति स्थापना गर्नेछौ भनी सपथ खाउँं,प्रतिज्ञा गरौं,अवश्य यो अनिष्ट टर्नेछ,त्रास हट्नेछ,ताण्डव रोकिनेछ ।’ आदित्य निवासमा हरेक शुक्रबार सत्संग कार्यक्रम हुने गर्छ,त्यही क्रममा उनले सन्देश दिने गर्छन । भुकम्प गएको छ दिनपछि १८ गते शुक्रबार आयोजित कार्यक्रमपछि साढे चार वर्षिय बालज्ञानी गुरु आदित्यले लेखे,‘ मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो–धर्म हो । जिम्मेवारी सम्झि पिडितको सेवामा सर्मपित भई लागौ,जुटौ र सहयोग गरौं ।


We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
0 comments :
Post a Comment