विनाशकारी भुकम्पपछि अरु धेरै पराकम्पनहरु गैरहेका छन् | मानिसहरुमा एकातिर डर,त्राश र अर्कोतिर अब के होला भन्ने कुरा मनमा खेलिरहेको छ | यसैबीच हामीले विभिन्न फेसबुक प्रयोगकर्ताका फेसबुकबाट केहि रोचक स्टाटसहरु प्रकाशन गरेका छौं :
ओमप्रसाद घायल (पत्रकार)
मैले भर्खरै बुझे अनुसार भुकम्पविदहरुले भुकम्प जाँदैन भनेका रहेछन् तर आउँदैन भनेका रहेनछन् । त्यही भएर भुकम्प जान मानेकै छैन । आएको आयै छ ।
बुद्धि सागर ( लेखक)
भुकम्प आउना साथ १५ रुपैयाँको चाउचाऊ २५ मा बेच्ने पनि यहि छन् । अनि, त्यै २५को चाउचाऊ किनेर अरुलाई बाड्ने पनि यहि छन् ।
तिर्थ कोइराला (पत्रकार)
जमिनमुनि चीन र भारतका प्लेट जुधेर याे हालत भएकाे छ । भारतीय प्रधानमन्त्री माेदीकाे चीन भ्रमण जारी छ , जमिन माथि पनि प्लेट जुधेकाे हुनुपर्छ । अब फेरि असर चाहिँ नेपाल मैं देखिने हाेला । कहिले सम्ममा कस्ताे नतिजा भाेग्नु पर्ला त बिश्लेषक ज्यू ?
जनक नेपाल (पत्रकार)
त्रिपाल लिने सभासदलाई गाली नगरौ । सरकारले दियो, सभासद्ले लिए । भुकम्पमा सभासद् मात्र हैन राष्टपति पनि असुरक्षित भई टेन्टमा छन । यो कसैप्रति अनावश्यक घृणा फैलाउने बेला हैन ।
दिनेश डी. सी. ( फिल्म निर्देशक )
पीड़ा भुलेर जुटनेछ नेपाल,आँशु पुछेर उठ्नेछ नेपाल
घाउ भरिनेछ एकदिन , आँशु पुछिने छ एकदिन
विस्फारित त्रसित आँखामा शान्ति छरिनेछ एकदिन
कामेको भुमि कामेको मन स्थिर हुनेछ एकदिन
रात जति नै कालो भएपनि विहान हुनेछ एकदिन
पीड़ा भुलेर जुटनेछ नेपाल,आँशु पुछेर उठ्नेछ नेपाल
भक्कानिएको मन थाम्न एऊटा काँध चाहीएको मात्र हो
छचल्किएको आँशु रोक्न एऊटा वाँध चाहीएको मात्र हो
भागेर प्रकृतिको क्रुरतासंग पछाड़ी सर्दैन नेपाली
प्यासले सुक्दैन गोर्खाली भोकले मर्दैन नेपाली
पीड़ा भुलेर जुटनेछ नेपाल,आँशु पुछेर उठ्नेछ नेपाल
सुजित कुमार खड्का ( हाल: अमेरिका)
कसको अपराध आज हामी भोग्दै छौ ! माफ गर आमा म पापी लाइ यत्रो बिपतिमा म तिमि संगै रुन सकिन !!!
बुद्धिसागर बस्याल ( कलाकार):
हामी संसारको जुनसुकै कुनामा भएपनि हाम्रो मन् र दिमाख नेपालमै छ। नेपाली दाजुभाई दिदी बहिनि संगै छ.। टाढा छन् भनेर चित्त नदुखाउनु होला र एक्लो महसुस नगर्नु होला
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment