भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा भग्नावशेष व्यवस्थापन, भत्केका भवन सुरक्षित ढङ्गले लडाउने, उपकरण र औजार सहयोगका साथै चाँडोभन्दा चाँडो पहिलेको अवस्थामा फर्कन आवश्यक अन्य सहयोगमा उक्त रकम उपयोग गरिने छ ।
जापानले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)लाई उक्त रकम प्रदान गर्न लागेको हो । यहाँस्थित जापानी राजदूतावास र युनडिपीबीच उक्त सहायतासम्बन्धी सम्झौतामा शुक्रबार हस्ताक्षर भयो । परियोजना आगामी नौ महिनासम्म ती जिल्लामा सञ्चानल हुने युएनडिपीले जनाएको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँगको सहकार्यमा उक्त परियोजना कार्यान्वयन हुने र त्यसबाट भूकम्पले प्रभाव पारेका तीन हजार पाँचसय जनालाई लक्ष्यित गरेको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँगको सहकार्यमा उक्त परियोजना कार्यान्वयन हुने र त्यसबाट भूकम्पले प्रभाव पारेका तीन हजार पाँचसय जनालाई लक्ष्यित गरेको छ ।
परियोजनाबाट एक हजार दुईसयले भग्नावशेष हटाउने तथा त्यसको व्यवस्थानमा प्रत्यक्ष रोजगारी पाउने छन् ।
रासस
About Unknown
We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
0 comments :
Post a Comment