पर्यटनमन्त्रीमा कृपासुर शेर्पा सिफारिस काठमाडौं । नेकपा एमालेले पर्यटन मन्त्रीमा कृपासुर शेर्पालाई सिफारिस गरेको छ । दीपक अमात्यलाई मन्त्री पदबाट बिहीबार फिर्ता बोलाएको एमालेले सो स्थानमा शुक्रबार शेर्पालाई सिफारिस गरेको हो । m शेर्पा भोजपुर क्षेत्रनम्बर १ सभासद हुन् । उनले शुक्रबार साँझ ५ बजे पर्यटन मन्त्री पदको सपथ लिने तयारी भैरहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । यसअघि एमालेले पर्यटन मन्त्रीबाट भीम आचार्यलाई फिर्ता बोलाएर अमात्यलाई सिफारिस गरेको थियो । तर, अमात्यको काम चित्तबुझ्दो नभएको भन्दै एमालेले फिर्ता बोलाएपछि अमात्यले बाध्य भएर राजीनामा दिएका थिए । कोइराला नेतृत्वको सरकारमा पर्यटनमन्त्री भएका शेर्पा तेस्रो व्यक्ति हुन् । शेर्पा के.पी. ओली निकटका व्यक्ति मानिन्छन | अमात्य भने झलनाथ खनाल निकट व्यक्ति हुन् | अमात्यले राजिनामा दिने बित्तिकै एमाले नेता सोम प्रसाद पाण्डेको नाम चर्चामा आएको थियो | सोम पाण्डे एमाले नेता माधब कुमार नेपाल निकट नेता हुन् | नाताले उनीहरु सम्धी हुन् | नेपालका विश्वास पात्र पाण्डेलाइ मन्त्रि बनाएर ओलीले नेपाललाई नजिक राख्छन की भन्ने आशा एमाले वृत्तमा थियो | तर ओलीले आफ्नै विश्वास पात्र शेर्पालाइ मन्त्रि पदमा सिफारिस गरेपछि एमाले पार्टीमा ओलीको कार्य शैलीप्रति अरु नेताको आशंका झन् बढेको छ | यसैबीच अमात्यलाइ पद नै छोड्नु पर्ने दबाब किन आयो भन्ने बारेमा पार्टीमा व्यापक छलफल हुने एक जना एमाले नेताले द नेपाल टुडेलाई बताए |
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment