English Edition

चीनको कडा चेतावनी अमेरिकालार्इ (भिडियो)

एजेन्सी - विवादित दक्षिणी चीन सागरमाथि युएस सर्भिलान्स विमानले जासुसी गरेपछि चीन र अमेरिकाबीच तिक्तता बढेको छ। सिएनएनको एक विशेष रिपोर्टका अनुसार चिनियाँ सेनाको पानी जहाजले आफ्नो आकाशमाथि जासुसी गर्न आएका अमेरिकन जहाजलार्इ बुधबारमात्रै आठ पटक चेतावनी दिए ।

 अमेरिकाका सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआर्इए) का निर्देशक माइकल मरेलले सिएनएनसँग बताएअनुसार अहिलेको तनावले भविष्यमा अमेरिका र चीनबीच युद्धको खतरा बढ्दै गएको छ । चिनियाँ नेभीले दक्षिणी चीन सागरमाथि छिरेको अमेरिकन पि एट ए पोसाइडन विमानलार्इ चेतावनी दिँदै भन्यो, 'यो चिनियाँ नेभी हो। कृपया पछि हट, ताकि कुनै किसिमको विवाद नहोस् ।'

 समाचार अनुसार चीनले फर्कन चेतावनी दिएको जहाज अमेरिकाको सबैभन्दा आधुनिक युद्धक जहाज हो । जसले जो युद्धक पानी जहाजलार्इ पनि निशाना लगाउन सक्छ । दक्षिणी चीन सागर इलाकालार्इ चीनले शुरुआतबाटै आफ्नो दावी गर्दै आएको छ । यसका अलावा केही समययता दक्षिणी चीन सागरमा चीनले आफ्नो प्रभाव विस्तार गर्दै लगेको छ । यो इलामा भारीमात्रमा रहेको प्राकृतिक स्रोतकै कारण त्यसमाथिकोदाबीलार्इ लिएर विवाद हुने गरेको छ ।

यहाँ मानव निर्मित द्वीप र ठूलो संख्यामा चिनियाँ सेनाको ब्यारेक बनाइएपछि अमेरिकाले यो इलाका निरन्तर जासुसी विमान पठाउने गरेको छ। अमेरिकाले भने यो समुद्री इलाकामा चीनको दाबीलार्इ अस्वीकार गर्दै आएको छ । यो विवादित इलामा अमेरिकाले चीनविरुद्ध जासुसी गरेको र चिनियाँ सेनाको गतिविधि समेत समेटिएको भिडियो समेत पहिलो पटक सार्वजनिक भएको हो ।

 यस विवादित इलाकामा अमेरिकाले केह नयाँ सैन्य अभियान शुरू गर्ने योजनामा रहेको छ । यसका साथै अमेरिकन युद्धक पानी जहाज पनि पठाउने तयारी अमेरिकाले गरेको छ । ताकि यहाँ बढेको चीनको गतिविधिलार्इ नजिकबाट निगरानी गरी आफ्नो प्रभाव बढाउन सकियोस् । 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment