English Edition

पर्यटनमन्त्रीले राजीनामा दिए, सोमप्रसाद पाण्डेको व्यापक चर्चा


Dipak kumar A

काठमाडौँ  / बिहिबार नागरिक उड्ययन तथा पर्यटनमन्त्री दीपकचन्द्र अमात्यले राजीनामा दिएका छन् ।

पार्टीको नेतृत्वबाट निरन्तर दबाब आएका कारण मन्त्री अमात्यले राजीनामा दिएको स्रोतले बताएको छ । केही महिना अघि नेकपा एमालेले तत्कालीन मन्त्री भीम आचार्यलाई फिर्ता बोलाएर अमात्यलाई मन्त्री बनाएको थियो ।
अमात्यले राजीनामा अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी गराएर प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएका हुन्  । 
मन्त्रालय मातहतका पर्यटन बोर्ड, नेपाल एयरलाइन्स लगायतमा नियुक्तिका लागि पार्टीको उच्च नेतृत्वले दबाब दिएपछि अमात्यले राजीनामा दिएको बुझिएको छ ।
मन्त्री अमात्यको ठाउँमा माधव नेपाल निकट सोमप्रसाद पाण्डे र केपी ओली निकट कृपाशुर शेर्पाको नाम चर्चामा छ ।
नयाँ मन्त्रीको नाम सिफारिस नभएसम्म मन्त्रीको राजिनामा स्वीकृति नहुने भए पनि नेकपा एमाले भित्र भने कुनै छलफल भएको छैन ।
अमात्यको राजीनामाका विषयमा पार्टी भित्र भने कुनै छलफल नभएको पनि  एमाले स्रोतले द नेपाल टुडेलाई जानकारी दिएको 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment