English Edition

राष्ट्रिय पुनर्निर्माण परामर्श समिति गठन प्रधानमन्त्री अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि सदस्य





काठमाडौँ / भूकम्प पीडितको राहत, पुर्ननिर्माण तथा पुनर्स्थापनाका लागि संसदले पारित गरेको संकल्प प्रस्ताव अनुसार सरकारले राष्ट्रिय पुनर्निर्माण परामर्श समिति गठन गरेको छ


प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले संकल्प प्रस्तावको बुँदा नम्बर २६ अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा सबै राजनीतिक दलका शीर्ष नेता तथा विभिन्न क्षेत्रका विज्ञहरुको समेत रहेका परामर्श समित गठन गरेको हो।
मन्त्रिपरिषद स्रोतका अनुसार, उक्त परामर्श समितिमा संसदमा रहेका सबै राजनीतिक दलका शीर्ष नेताका साथै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरुका अलवा विभिन्न पेशागत संघ संस्थाका प्रतिनिधिलाई समावेश गरिएको छ।

त्यसैगरी आजको मन्त्रिपरिषदको बैठकले विपद् व्यवस्थापना परिषदलाई पुर्नजिवीत गराउने विषयमा पनि छलफल भएकेा थियो।

मन्त्रिपरिषद बैठकले भूकम्पपछिको पुनर्निर्माणको कार्ययोजना बनाउन सम्वन्धित मन्त्रालयहरुलाई स्वीकृति दिएको छ । सरकारबाट प्रदान गर्ने सेवा सुधारको कार्ययोजना बनाउने जिम्मेवारी भने सामान्य प्रशासन मन्त्रालयलाई दिइएको छ ।

यस्तै प्राकृतिक विपदको अवस्थामा स्वदेशी तथा विदेशी संघ-संस्था र दातृ निकायबाट कार्यविधिका आधारमा सहयोग लिन पनि मन्त्रालयहरुलाई स्वीकृति दिइएको मन्त्री रिजालले जानकारी दिए ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment