बैसाख १२ गतेको महाभुकम्प पछि पिडितहरुलाई राहत तथा उद्धारकार्यको लागि भारतको गुजरात राज्य स्थित अहमदाबादका संत श्री आसारामजी बापु आश्रम बाट आएको श्री योग बेदान्त सेवा समति अन्तरगतको युवा सेवा संघले सिन्धुपाल्चोकको बेलटारी र आमटारी क्षेत्रमा विगत २० दिन देखि राहत वितरण कार्य गर्दै आएको छ । राहत वितरणका क्रममा आश्रमबाट आएका साधकहरुले उक्त क्षत्रमा पाल,कम्वल वितरण गर्नुका साथै दैनिक रुपमा १५०० देखि २००० स्थानियलाई खाना खुवाउदै आईरहेका छन् । यसरी दिनमा दुइ पटक उनीहरुले खाना खुवाउँदा भुकम्प बाट विस्थापित भएका स्थानीयहरुले निकै ठुलो राहतको महसुस गरेका छन् । अहिले राहतकार्यलाई अझ बृहत बनाइ दोलखाको सुनखानि गाविसमा जेष्ठ ४ र ५ गते पुगि त्यहाँका २०० परिवारलाई उच्च स्तरको टेन्ट,थाल कचौरा,दरी वितरण गरेको छ ।त्यस्तै दोलखा सदरमुकाम चरिकोट को कुप्रे गाउँका सयौं भुकम्पबाट पिडित परिवारलाई राहत वितरण गरेको छ ।त्यस्तै उक्त समितिले काठमाण्डौको धर्मस्थलि क्षत्रमा राहत स्वरुप खाद्य सामाग्रिको वितरण गरेको छ । आश्रमबाट आएको चिकित्सकको टोलिले निसुल्क स्वस्थ जाँच गरिरहेको तथा बालबालिकाहरुलाई भुकम्पबाट भएको मानसिक रुपमा डर र त्रास हटाई पुुनस् विद्यालयमा गएर पठनपाठन गर्ने बातावरण निर्माणका लागि ध्यान, प्राणायम तथा सत्संग आदि गराई पुनस्थापना लागि कार्य गरिरहेको छ । समिति अबको दिनमा नुवाकोट क्षत्रमा गएर त्रिपाल तथा अन्य सामाग्रिहरु वितरण गर्ने बताएको छ। यो कार्यक्रममा उक्त कार्यकालागि काठमाण्डौ स्थित श्री योग बेदान्त सेवा समिति नेपालले सघाइरहेको समतिका अध्यक्ष कृष्ण कुमार गौतमले बाताएका छन् ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment