इन्दुराज शर्मा सपनाको देश हो अमेरिका | चित परिचित नेपालीहरुको बाक्लो बस्ति भयको एक स्टेट मेरिल्याण्ड | जहाँ म पनि आफ्नो सानो परिवारसंगै बिगत दश बर्षदेखि सुखम दुखम रमाउदै आयको छु | जन्म देशमा केहि गरौ अनि केहि गरौ यहाँको नेपाली समाजमा भनी मेरो अन्तर मनमा सधै रहन्छ तर समय अनि कामको व्यस्तताले गर्दा बिगत केहि वर्ष त्यतिकै गुज्रिन पुगे | नितान्त आफ्नो अनि परिवार को लागि मात्र |
अब केहि गर्नु पर्यो | मानिस भनेको सामाजिक प्राणी हो | जसलाई समाज चाहिन्छ र समाज भनेको हामीले नै बनाउने कुरा हो |बिसेसगरि हामी नेपालीहरु समाज र सामाजिक जिबनलाइ मुख्य रुपमा लिने गर्छु | तेही अनुरुप म पनि यस राज्यको विभिन्न समाज र सामाजिक क्षेत्रमा आफ्नो उपस्थिति गराउन सुरु गरे र हाल आयर म नेपालीहरुको संगठन ( बाना ) को सदस्य पदमा निर्बिरोध आफ्नो पद ग्रहण गर्न पुगे | तर बिधिको बिडम्बना सुरुवाती दोस्रो महिनामा नै मेरो पियारो देश नेपालमा एक अकल्पनीय र नसोचेको घटना ( भुकम्प ) हुदा धेरै मानिसको जिबन लिला नै समाप्त गर्यो त कतिको घरबास नै उठायो |
भर्खरको मेरो समाज सेवा को यात्रामा म अनि हाम्रो (बाना ) का हरेक सदस्यलाइ ठुलो चुनौती खडा भयो |
र यहि भुकम्पप्रति केंद्रिकित भयर नेपाल र नेपालीहरुप्रति हुन् गयको यस विसंम परिस्थितिलाइ केहि महलम लगाउन हेल्प नेपाल विथ बाना हाम्रो २०१५ /२०१७ कार्यसमितिले निर्णय गर्यो र हामीलाई आफ्नो आफ्नो क्षेत्रमा सहयोग संकलन र सहयोगको लागि पर्चार प्रसार गर्न निर्देसन दिने काम भयो |
अनि हामि भुकम्प पिडितको लागि सहयोग संकलनमा जुट्यौं |
भुकम्प पिडितको लागि सहयोग संकलनका क्रममा मलाई धेरै कुराहरु सिक्ने मौका मिलेको छ | बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका(बाना) ले शुरु गरेको राहत संकलन कार्यबाट मैले यो अनुभव हासिल गरेको हुँ | हो, बिगतमा पनि म यस्तै सहयोग संकलनका कार्यहरु गर्थे | मिर्गौला पिडित , क्यान्सर पिडित लगायतका बिरामीहरुलाई आफुले मात्र नभयर अरुलाई पनि सहयोग गर्ने गराउने काम गरेको थिएँ | तर ति समयमा मलाई कुनै पनि अनुभब हुने थियन | किनकि दिनेले दिन्थे नदिनेले म भगवानसंग प्राथना गर्छु उसलाई राम्रो होस भन्थे | कुरा सकिन्थ्यो |
तर यसपटक भुकम्प पिडितहरुलाई सहयोग माग्दा भने धेरै राम्रा र नराम्रा अनुभब गर्नु पर्यो | खुसि यो मानेमा कि म संग धेरै साथीहरुको साथ थियो अनि मेरो आफ्नो स्वभाब हरेक जोखिमलाइ आत्मसाथ गर्ने ! यो मेरो लागि मौका अनि चुनौती र मेरा साथीहरुको म प्रतिको माया अनि मलाई मेरो कामको लागि उहाहरुको साथ !
उहाहरुको साथ मलाई मात्र नभयर नेपाल र नेपाली को लागि पनि थियो भन्ने मलाई लाग्दछ |
दु:ख यो मानेमा लाग्यो कि अब बिस्तारै हामी नेपाली नेपालीबीच भाइचारा मेटिदै छ र हामीले ठुलो मौका गुमाउदै छौ |
हो हामी मा आफ्ना आफ्ना समाज हरु छन तो सोभाबिक पनि हो किन कि हाम्रा आफ्नै किसिमका कला संस्कृति छन ,
तर यहाँ समाज खोल्नुको उदस्य को भन्दा को बडी वा को कम गणितीय हिसाब चलेको मेरो अनुभब वा निस्कर्स छ !
तर हामी कोहि कसैले यो बिसयमा सोच्न सकेनौ वा सोच्न नचाहेको हो बुज्न सकेको छैन |
हो हामी हामीमा आफ्नो संस्कार र सरलपन को लागि समाज हुनु राम्रो हो तर रास्ट्रिय विपदका यस्ता परिस्थितिमा हामी सबै एकजुट हुनु पर्ने हो | जसले गर्दा ठुला भन्दा ठुला काम वा सहयोग गर्न वा संकलन गर्न सक्ने रहेछौ !
तर बिडम्बना हामीमा तो संस्कारको कमि भयो । आज हामी कोहि पनि आफ्नो उदस्य मा पुग्न सकेनौ , तर हाम्रो आफ्नो अनि देस नेपालको बदनाम गर्न पुगेका छौ | किन कि जब म बिदेसीहरुसंग सहयोगको अपिल गर्दै थिएँ, उनीहरु भन्थे- "किन तिमीहरु एउटा संस्था मार्फत सहयोग उठाउदैनौ ?" बिडम्बना हामिले एक हुने प्रयत्न गरेनौ | छुट्टा छुट्टै माग्यौं | एक भएर मागेको भए अझै धेरै उठाउन सकिन्थ्यो भन्ने मलाई लागेको छ |
यस यात्रामा मलाई धेरै साथीहरु स्वदेशी र बिदसी सबै जना खुसि खुसि आफ्नो आफ्नो स्वेच्छाले सहयोग गर्नु भयो | नाम लिनु पर्दा नासाद अलि भाई जसले मलाई पैसा मात्र नभयर अरु कुरा पनि सिकाउनु भयो | मेरो यात्रालाइ सहज र सरल बाटो देखाउनु भयो | उहाले हेल्प नेपालको लागि बानालाइ आफुले $१००० चेक दिनु भयो र उहाको ३ स्टोरबाट बोक्स को करिब करिब $ २००।०० जम्मा भयको थियो ! खुसि को कुरा के छ भने मलाई उहाले आफै फोन गर्नुभयो | म मेरो परिवार अनि मेरो देसको हाल खबर अनि अब तिमीहरु जो नेपाली बिदेसमा छौ के सोच्दै छौ ? के गर्दै छौ ? तिमीहरुको तेस्तो केहि प्रोग्राम भय तो प्रोग्राम मा म मेरो तर्फ बाट पूर्ण सहयोग गर्न तयार छु ! अनि मेरा ५ स्टोर मा ५ हेल्प फर नेपाल बोक्स राख्न २४।७ जुन बेला पनि तिम्रो लागि खुल्ला
छ | म तो कार्यलाइ पूर्ण सहयोग गर्ने छु भन्नुभयो |
उहाँले म अनि मेरो नेपालप्रति देखायको माया देखेर म आफै मन थाम्न सकिन | हो ! नासाद भाई आपद र विपदमा अभिभाबकको भूमिका निर्बाह गर्नुहुन्छ जो बिगत देखि देख्दै र भोग्दै आयको छु !
अर्को पाटो मेरो मित्र दिनेश आचार्य हुनुहुन्छ | उहा आफैमा स्पस्ट बक्ता , उहाको भूमिका मेरो, बाना , अनि नेपाली को लागि एक उदाहरनिय छ | उहाँले पनि मलाई आफै ठुलो धनरासी र उहा मार्फत करिब करिब २२।२५०० डलर जुटैदिनु भयको छ | उहाले मेरिल्याण्ड होलसेलर नामक बिजनेस पाटनरशिपमा चलाउनु भयको छ| उहाले आफु लगायत अरु धेरै साथी र आफ्नो कम्पनि बात हेल्प नेपालका लागि बानालाइ ठुलो धन रासी सहयोग गर्नु भयको छ | उहाको तो लगाबप्रति म धेरै नै आभारि छु |
उहाले सधै भन्नुहुन्छ कि समाजहरुले बिगारे नत्र अझ धेरै पैसा सकलन गर्न सकिन्थियो | किन कि यस्तो बिपतको बेला सबै मिलेर लाग्नु पर्ने हो !
आज हरेक व्यक्तिले छुट्टाछुट्टै पैसा संकलन गरेको हुदा सहयोग दिनेहरुमा शंका छाएको छ | यो राम्रो गरेन हाम्रो नेपाली समुदायले |
यसै क्रममा म चुडामणि रेग्मी,श्रीकृष्ण रेग्मी अनि मनहरी पौडेललाइ पनि हिर्दयदेखि धन्यबाद दिन चाहन्छु | उहाहरुले मैले हेल्प नेपालको लागि बाना मार्फत उठाउदै छु भन्ने थाहा पायर मलाई फोन गर्नु भयो र तिमीले सहयोग संकलन गर्दै रहेछौ हामी पनि सहयोग दिन र जुतैदिने छौ भन्नु भयो | त्यो सरासर एक नेपालीमा हुनुपर्ने गुण थियो | जुन मैले प्रत्यक्ष देखे अनि अनुभब गर्न पाए | उहाहरु महान हुनुहुन्छ | जसले संकलन बोक्ष आफै खोज्दै आउनु भयो ! उहाहरुको सहयोग जारी छ |
मेरो यो सहयोग संकलनको दौरानमा रात र दिन नभनी लागि पर्दा मेरी जिबन संगिनी सुनिता शर्माले म अनि मेरो यात्रालाइ साथ दियर ठुलो सहयोग गरेकी छन | हरेक बिबाहित पुरुषको यात्रा सफल हुनुमा श्रीमतीको ठुलो भूमिका हुन्छ जुन मलाई भयको छ |
त्यस्तै अनगिन्ती साथीहरु छन, जसले मलाई सुझाब सल्लाह र सहयोग गर्नुभयो | अर्को मित्र भारतका जगदिप हुन | उनले आफुले लगायत आफ्ना ३ साथीबाट हाम्रो नेपालको लागि सहयोग जुताइदिनु भयो | उहाको सहयोग प्रति धेरै नै खुशी छु |
अमेरिकन साथीहरुले मेरो काम गर्ने ठाउँमा बानाको लेटर देखेर तिम्रो देस हो ? तिम्रो परिवार ठिक छन , के तिमि सहयोग जुतौदै छौ यदि छौ भने ल मेरो तर्फ बाट भनि सहयोग दिने र अरुलाई दिन अनुरोध गरेको देख्दा मेरा आँखा रसाउथे कि मानिसमा हुनु पर्ने मनवता यहाँ पो रहेछ | किनकि मेरो देसमा त आजकल मानिसहरु छुटा छुटै भान्सा लगायर गणितीय भागमा आफुलाई महान बनाउदै छन !
यस्तो आपत्कालमा मिलेर गएको भए आज हामी मेरिल्याण्डबासि नेपालीले नेपालको कुनै एक जिल्लाका १५।२० वटा स्कुल वा २।३ गाउँ बनाउन सक्ने धन रासी संकलन गर्न सक्ने रहेछौ | त्यो नेपाल सरकारको लागि राम्रो सहयोग हुने रहेछ र जनताको लागि हामी सधै सधै धन्यबाद को पात्र हुने रहेछौ |
तर बिडम्बना टुक्रा टुक्राका भान्सा ले गर्दा न दाउरा रहे न राम्रो संग भात पाक्यो !
बिसेस गरि देसी भाईहरुहाम्रो ब्यबहारले बेखुशी भएको मैले पाएँ र कम पैसा पनि आयो किन कि उठाउने भाडाहरु धेरै सबैलाई मन राख्दिन पर्ने | एकजना पाकिस्तानी भाइले मलाई आफ्नो अनुभब र दुख लागेको कुरा भनेको सुन्दा अतिनै भयर आयो | हो मैले तिमि लाइ $५०० सम्म दिने सोचेको थिय तर म आज जम्मा $१०० दिदै छु | किनकि मलाई थाहा छ तिम्रो देसका अमेरिकामा भयका मानिसमा फुट र को भन्दा को बढीको होड रहेछ| हिजो एक जना लाइ दिय | आज तिमि आयौ | भोलि पर्सि अरु पनि आउन सक्छन | यदि आयनन भने अरु बाकी $३०० म तिमीलाई बोलायर दिउला !
एक फेर सोचौ त ! त्यो भाई जस्तै कति भाई थिय होला जसले $५०० / $१००० छुट्टाएर बसेको तर $१०० का टुक्रा बाँडदै
बसेका ? के यसले राम्रो संकेत जाला ? के भोलि का दिन मा हामी लाइ यस्तै परिस्थियती मा फेरी सहयोग गर्लान !
एक जना अमेरिकन साथी ( होलार )ले म सहयोग जुताउछु भनेर म संग बाट हाम्रो रिसिप्ट र लेटर लियर जानु भयको छ आशा छ हेरौ कस्तो फल आउछ |दश हजार डलर उठाउने मेरो लक्ष हो | अहिलेसम्म झन्डै सात हजार डलर उठाएर बानाको खातामा राख्न सफल भएको छु |
मेरो प्रयास जारी छ | हेरौ, आगाडि कस्तो हुने हो | अझै पनि आउनु होस, आगाडि संगै बढौ नयाँ नेपालको लागि केहि गरौ !
नेपाल र नेपालीको पिडामा केहि न केहि मलम संगै लगाउन कम्मर कसौं |
(शर्मा बाना कार्य समितिका सदस्य हुनुहुन्छ |)

0 comments :
Post a Comment