English Edition

न दाउरा रहे न भात पाक्यो


इन्दुराज शर्मा  सपनाको देश हो अमेरिका |  चित परिचित नेपालीहरुको बाक्लो बस्ति भयको एक स्टेट मेरिल्याण्ड | जहाँ  पनि आफ्नो सानो परिवारसंगै बिगत दश बर्षदेखि सुखम दुखम रमाउदै आयको छु | जन्म देशमा केहि गरौ अनि केहि गरौ यहाँको नेपाली समाजमा भनी मेरो अन्तर मनमा सधै रहन्छ  तर समय अनि कामको व्यस्तताले गर्दा बिगत केहि वर्ष त्यतिकै  गुज्रिन पुगे | नितान्त आफ्नो अनि परिवार को लागि मात्र |
अब केहि गर्नु पर्यो | मानिस भनेको सामाजिक प्राणी हो | जसलाई समाज चाहिन्छ समाज भनेको हामीले नै बनाउने कुरा हो |बिसेसगरि हामी नेपालीहरु समाज सामाजिक जिबनलाइ मुख्य रुपमा लिने गर्छु | तेही अनुरुप पनि यस राज्यको विभिन्न  समाज सामाजिक क्षेत्रमा आफ्नो उपस्थिति गराउन  सुरु गरे हाल आयर नेपालीहरुको संगठन ( बाना ) को सदस्य पदमा निर्बिरोध आफ्नो पद ग्रहण गर्न पुगे | तर बिधिको बिडम्बना सुरुवाती दोस्रो महिनामा नै मेरो पियारो देश नेपालमा एक अकल्पनीय नसोचेको घटना ( भुकम्प ) हुदा धेरै मानिसको जिबन लिला नै समाप्त गर्यो  कतिको घरबास नै उठायो
भर्खरको मेरो समाज सेवा को यात्रामा अनि हाम्रो (बाना ) का  हरेक सदस्यलाइ  ठुलो चुनौती खडा भयो
यहि भुकम्पप्रति केंद्रिकित भयर नेपाल नेपालीहरुप्रति हुन् गयको यस विसंम परिस्थितिलाइ केहि महलम लगाउन हेल्प नेपाल विथ बाना हाम्रो २०१५ /२०१७  कार्यसमितिले निर्णय गर्यो हामीलाई आफ्नो आफ्नो क्षेत्रमा सहयोग संकलन सहयोगको लागि पर्चार प्रसार गर्न निर्देसन दिने काम भयो |

अनि हामि  भुकम्प पिडितको लागि सहयोग संकलनमा जुट्यौं |

 भुकम्प पिडितको लागि सहयोग संकलनका क्रममा मलाई धेरै कुराहरु सिक्ने मौका मिलेको | बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका(बाना) ले शुरु गरेको राहत संकलन कार्यबाट मैले यो अनुभव हासिल गरेको हुँ | हो, बिगतमा पनि यस्तै सहयोग संकलनका कार्यहरु गर्थे |  मिर्गौला पिडित , क्यान्सर पिडित लगायतका बिरामीहरुलाई आफुले मात्र नभयर अरुलाई पनि सहयोग गर्ने गराउने काम गरेको थिएँ | तर ति समयमा मलाई कुनै पनि अनुभब हुने थियन | किनकि दिनेले दिन्थे नदिनेले   भगवानसंग प्राथना गर्छु उसलाई राम्रो होस भन्थे | कुरा सकिन्थ्यो |

तर यसपटक भुकम्प पिडितहरुलाई सहयोग माग्दा भने धेरै राम्रा    नराम्रा  अनुभब गर्नु पर्यो |  खुसि यो मानेमा कि संग धेरै साथीहरुको  साथ थियो अनि मेरो आफ्नो स्वभाब  हरेक जोखिमलाइ आत्मसाथ गर्ने ! यो मेरो लागि  मौका अनि चुनौती मेरा साथीहरुको प्रतिको माया अनि मलाई मेरो कामको लागि उहाहरुको साथ !
उहाहरुको साथ मलाई मात्र नभयर नेपाल नेपाली को लागि पनि थियो भन्ने मलाई लाग्दछ |

दु:  यो मानेमा लाग्यो कि अब बिस्तारै हामी नेपाली नेपालीबीच भाइचारा  मेटिदै हामीले ठुलो मौका गुमाउदै छौ |
हो हामी मा आफ्ना आफ्ना समाज हरु छन तो सोभाबिक पनि हो किन कि हाम्रा आफ्नै किसिमका कला संस्कृति छन
तर यहाँ समाज खोल्नुको उदस्य को भन्दा को बडी वा को कम गणितीय हिसाब चलेको मेरो अनुभब वा निस्कर्स !
तर हामी कोहि कसैले यो बिसयमा सोच्न सकेनौ वा सोच्न नचाहेको हो बुज्न  सकेको छैन |
हो हामी हामीमा आफ्नो संस्कार सरलपन को लागि समाज हुनु राम्रो हो तर रास्ट्रिय विपदका यस्ता परिस्थितिमा हामी सबै  एकजुट हुनु पर्ने हो | जसले गर्दा ठुला भन्दा ठुला काम वा सहयोग गर्न वा संकलन गर्न सक्ने रहेछौ !
तर बिडम्बना हामीमा तो संस्कारको कमि भयो आज हामी कोहि पनि आफ्नो उदस्य मा पुग्न सकेनौ , तर हाम्रो आफ्नो अनि देस नेपालको बदनाम गर्न पुगेका छौ  | किन कि जब बिदेसीहरुसंग सहयोगको अपिल गर्दै थिएँ, उनीहरु भन्थे- "किन तिमीहरु एउटा संस्था मार्फत सहयोग उठाउदैनौ ?" बिडम्बना हामिले एक हुने प्रयत्न गरेनौ | छुट्टा छुट्टै माग्यौं | एक भएर मागेको भए अझै धेरै उठाउन सकिन्थ्यो भन्ने मलाई लागेको |

यस यात्रामा मलाई धेरै साथीहरु स्वदेशी बिदसी सबै जना खुसि खुसि आफ्नो आफ्नो स्वेच्छाले सहयोग गर्नु भयो | नाम लिनु पर्दा नासाद अलि भाई जसले मलाई पैसा मात्र नभयर अरु कुरा पनि सिकाउनु भयो  | मेरो यात्रालाइ सहज सरल बाटो देखाउनु भयो | उहाले हेल्प नेपालको लागि बानालाइ आफुले $१००० चेक दिनु भयो उहाको स्टोरबाट बोक्स को करिब करिब $ २०००० जम्मा भयको थियो ! खुसि को कुरा के भने मलाई उहाले आफै फोन गर्नुभयो | मेरो परिवार अनि मेरो देसको हाल खबर अनि अब तिमीहरु जो नेपाली बिदेसमा छौ के सोच्दै छौ ? के गर्दै छौ ? तिमीहरुको तेस्तो केहि प्रोग्राम भय तो प्रोग्राम मा मेरो तर्फ बाट पूर्ण सहयोग गर्न तयार छु ! अनि मेरा स्टोर मा हेल्प फर नेपाल बोक्स राख्न २४ जुन बेला पनि तिम्रो लागि खुल्ला
| तो कार्यलाइ  पूर्ण सहयोग गर्ने छु भन्नुभयो |
उहाँले   अनि मेरो नेपालप्रति देखायको माया देखेर आफै  मन थाम्न सकिन | हो ! नासाद भाई आपद विपदमा अभिभाबकको भूमिका निर्बाह गर्नुहुन्छ जो बिगत देखि देख्दै भोग्दै आयको छु !

अर्को पाटो मेरो मित्र दिनेश आचार्य हुनुहुन्छ | उहा आफैमा स्पस्ट बक्ता , उहाको भूमिका मेरो, बाना , अनि नेपाली को लागि एक  उदाहरनिय | उहाँले पनि मलाई आफै ठुलो धनरासी उहा मार्फत करिब करिब २२२५०० डलर जुटैदिनु भयको | उहाले मेरिल्याण्ड होलसेलर नामक बिजनेस पाटनरशिपमा चलाउनु भयको | उहाले आफु लगायत अरु धेरै साथी आफ्नो कम्पनि बात हेल्प नेपालका लागि बानालाइ ठुलो धन रासी सहयोग गर्नु भयको | उहाको तो लगाबप्रति धेरै नै आभारि  छु |
उहाले सधै भन्नुहुन्छ कि समाजहरुले बिगारे नत्र अझ धेरै पैसा सकलन गर्न सकिन्थियो | किन कि यस्तो बिपतको बेला सबै मिलेर लाग्नु पर्ने हो
आज हरेक व्यक्तिले छुट्टाछुट्टै  पैसा संकलन गरेको हुदा सहयोग दिनेहरुमा शंका छाएको   | यो राम्रो गरेन हाम्रो नेपाली समुदायले |
यसै क्रममा चुडामणि रेग्मी,श्रीकृष्ण रेग्मी अनि मनहरी पौडेललाइ पनि हिर्दयदेखि धन्यबाद दिन चाहन्छु | उहाहरुले मैले हेल्प नेपालको लागि बाना मार्फत उठाउदै छु भन्ने  थाहा पायर मलाई फोन गर्नु भयो तिमीले सहयोग संकलन गर्दै रहेछौ हामी पनि सहयोग दिन जुतैदिने छौ भन्नु भयो | त्यो  सरासर एक  नेपालीमा हुनुपर्ने गुण थियो | जुन मैले प्रत्यक्ष देखे अनि अनुभब गर्न पाए | उहाहरु महान हुनुहुन्छ | जसले संकलन बोक्ष आफै खोज्दै आउनु भयो ! उहाहरुको सहयोग जारी |

मेरो यो सहयोग संकलनको दौरानमा रात दिन नभनी लागि पर्दा मेरी जिबन संगिनी सुनिता शर्माले अनि मेरो यात्रालाइ साथ दियर  ठुलो सहयोग गरेकी छन | हरेक बिबाहित पुरुषको यात्रा सफल हुनुमा श्रीमतीको ठुलो भूमिका हुन्छ जुन मलाई भयको |
त्यस्तै अनगिन्ती साथीहरु छन, जसले मलाई सुझाब सल्लाह सहयोग गर्नुभयो | अर्को मित्र भारतका जगदिप  हुन | उनले आफुले लगायत आफ्ना साथीबाट हाम्रो नेपालको लागि सहयोग जुताइदिनु भयो | उहाको सहयोग प्रति धेरै नै खुशी छु |
अमेरिकन  साथीहरुले मेरो काम गर्ने ठाउँमा बानाको लेटर देखेर तिम्रो देस हो ? तिम्रो परिवार ठिक छन , के तिमि सहयोग जुतौदै छौ  यदि छौ भने मेरो तर्फ बाट भनि सहयोग दिने अरुलाई दिन अनुरोध गरेको देख्दा मेरा आँखा रसाउथे  कि मानिसमा हुनु पर्ने मनवता यहाँ पो रहेछ | किनकि मेरो देसमा आजकल मानिसहरु छुटा छुटै भान्सा लगायर गणितीय भागमा आफुलाई महान  बनाउदै छन
यस्तो आपत्कालमा मिलेर गएको भए आज हामी मेरिल्याण्डबासि नेपालीले नेपालको कुनै एक जिल्लाका १५२० वटा  स्कुल वा गाउँ बनाउन सक्ने धन रासी संकलन गर्न सक्ने रहेछौ | त्यो  नेपाल सरकारको लागि राम्रो सहयोग हुने रहेछ जनताको लागि हामी सधै सधै धन्यबाद को पात्र हुने रहेछौ |

तर बिडम्बना टुक्रा टुक्राका भान्सा ले गर्दा दाउरा रहे राम्रो संग भात पाक्यो !

बिसेस गरि देसी भाईहरुहाम्रो ब्यबहारले  बेखुशी भएको मैले पाएँ   कम पैसा पनि आयो किन कि उठाउने भाडाहरु धेरै सबैलाई मन राख्दिन पर्ने | एकजना पाकिस्तानी भाइले मलाई आफ्नो अनुभब दुख लागेको कुरा भनेको सुन्दा अतिनै भयर आयो | हो मैले तिमि लाइ $५०० सम्म दिने सोचेको थिय तर आज जम्मा $१०० दिदै छु | किनकि मलाई थाहा तिम्रो देसका अमेरिकामा भयका मानिसमा फुट को भन्दा को बढीको होड रहेछ| हिजो एक  जना लाइ दिय | आज तिमि आयौ | भोलि पर्सि अरु पनि आउन सक्छन | यदि आयनन  भने अरु बाकी $३०० तिमीलाई बोलायर दिउला

एक फेर सोचौ ! त्यो  भाई जस्तै कति भाई थिय होला जसले $५०० / $१००० छुट्टाएर  बसेको तर $१०० का टुक्रा बाँडदै  
बसेका ? के यसले राम्रो संकेत जाला ? के भोलि का दिन मा हामी लाइ यस्तै परिस्थियती मा फेरी सहयोग गर्लान

एक जना अमेरिकन  साथी ( होलार )ले सहयोग जुताउछु भनेर संग बाट हाम्रो रिसिप्ट लेटर लियर जानु भयको आशा हेरौ कस्तो फल आउछ |दश हजार डलर उठाउने मेरो लक्ष हो | अहिलेसम्म  झन्डै सात हजार डलर उठाएर बानाको खातामा राख्न सफल भएको छु |
 मेरो प्रयास जारी | हेरौ, आगाडि कस्तो हुने हो | अझै पनि आउनु होस, आगाडि संगै बढौ नयाँ नेपालको लागि केहि गरौ
नेपाल नेपालीको पिडामा केहि केहि मलम संगै लगाउन कम्मर कसौं |

(शर्मा बाना कार्य समितिका सदस्य हुनुहुन्छ |)

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment