
काठमाडौँ / देश विदेशबाट उठेको राहत सामग्रीमा अनियमितता भैरहेको सन्दर्भमा प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो ध्यान आकर्षण भएको बताएक छन | प्रधानमन्त्री सुशील कोइरालाले नेपालका भूकम्पपीडितलाई स्वदेश तथा विदेशबाट प्राप्त सहयोग रकम र राहत सामग्रीको वितरणमा अनियमितता हुन नदिइने बताएका छन्।
कोइरालाले प्रधानमन्त्री निवास बालुवाटारमा भूकम्पपीडितका निम्ति विभिन्न संस्थाले दिएको राहत रकम ग्रहण गर्दै उक्त कुरा बताएका हुन् | उनले भने– "दिनेहरुले पेट काटेर पठाएका छन्, यहाँ बसेर मनपरी गर्ने हुनै सक्दैन |"
प्रधानमन्त्री कोइरालाले संकलन भएको राहत रकम र प्राप्त राहत सामग्री बास्तबिक भूकम्पपीडितसमक्ष पुगे नपुगेको अनुगमनमा पनि सरकारले कदम चाल्ने बताए। "राहत रकम र राहत सामग्री वितरणमा पक्षपात र अनियमितता कदापि हुने छैन', कोइरालाले भने।
0 comments :
Post a Comment