भूकम्पपीडितले जस्तापाता किन्न नपाएको भन्दै उनले गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनालाई भेटेर टहरो छाउने जस्तापाता खरिदका लागि घोषित रकम वितरण गर्न आग्रह गरे ।
‘सरकारले भूकम्पपीडितलाई राहतस्वरुप उपलब्ध गराउन घोषणा गरेको १५ हजार तत्काल दिनूहोस्’ भूकम्पको केन्द्रबिन्दु बारपाक हुँदै लाप्राक गाउँको अवस्थाबारे जानकारी लिएर शुक्रबार सदरमुकाम पुगेका नेता भट्टराईले भने, ‘बर्खा आइसक्यो, त्रिपालले बर्खा थेग्दैन ।’ बारपाक, लाप्राकका भूकम्पपीडितले जस्तापाताको माग गरेको जानकारी पनि दिए ।
“अस्थायी टहरो निर्माणका लागि प्रत्येक घरधुरीलाई १५ हजारका दरले रकम दिनूस्” उनले भने, “राहत रकम वितरण तत्कालै गर्नुप¥यो भनेर सरकारलाई म पनि आग्रह गर्छु ।” पन्ध्र हजारले जस्तापाता खरिद गर्न पनि नपुग्ने भन्दै भट्टराईले स्थायी संरचना निर्माण गर्दा नयाँ नीति बनाएर अघि बढ्ने बताए ।
“बारपाकको मुख्य बस्तीमा फेरि बस्ती बसाउन सकिन्छ भनेर भूगर्भविद्ले भन्नुभएको छ”, भट्टराईले “लाप्राक र गुम्दा गाउँमा अब बस्ती बसाउन सकिन्न । डाँडा चिराचिरा परेको छ ।” अस्थायी रुपमा टहरो निर्माण गरेर भूकम्पपीडितलाई राख्नुपर्ने भन्दै उनले स्थायी रुपमा कहाँ राख्ने भन्नेबारे भौगोलिक अध्ययनपछि टुङ्गो लगाउनुपर्नेमा जोड दिए ।

दूधपोखरीदेखि मस्र्याङ्गदी योजना बनाएर बस्ती विकास गर्नुपर्ने भन्दै उनले एक बस्ती एक वडा योजना लागू गर्नुपर्ने बताए । भट्टराईले गृह गाविस गोरखाको खोप्लाङको विकासबारे आफूले कार्ययोजना बनाउने भन्दै भूकम्पपीडित स्थानीयवासीलाई चिन्ता नलिन आग्रह गरे ।
भट्टराईले सुरु गरे श्रम अभियान
शुक्रबार नेता भट्टराईले एमाओवादीले सुरु गरेको राष्ट्रिय श्रम अभियानको उद्घाटन गरे । गोरखा नगरपालिका–४ पस्लाङको शिवशक्ति प्राथमिक विद्यालयको भवन पुनःनिर्माण अभियानमा सहभागी भएर उनले अभियानको सुरुवात गरेका हुन् ।
0 comments :
Post a Comment