गोरखाबजार : एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले राष्ट्रिय सरकार नभएर राष्ट्रिय एकता चाहियो भनेको बताएका छन् । ‘हामीले राष्ट्रिय एकता चाहियो भनेका हौँ । राष्ट्रिय सरकार होइन’ गोरखाको आरुघाटस्थित भीमोदय उच्च माविमा शनिबार टहरो बनाउँन पुुगेका प्रचण्डले भने, ‘कसैलाई मन्त्री बनाउन, मन्त्रिपरिषद् विस्तार गर्न राष्ट्रिय सरकार गठन गर्नु हुँदैन ।’ नयाँ संविधान निर्माणको लागि दलहरूबीच सहमति जुट्ने वातावरण देखिएमा राष्ट्रिय सरकार गठन गरेर अघि बढ्न सकिने उनको भनाइ छ ।
एमाओवादीले राष्ट्रिय एकता चाहेको बताउँदै प्रचण्डले राष्ट्रिय एकता कायम गर्न राष्ट्रिय सरकार आवश्यक नपर्ने तर्क गरे । ‘कसैलाई मन्त्री हुन मन लाग्यो भन्दैमा राष्ट्रिय सरकार गठन गर्न हुँदैन’ उनले भने, ‘संविधान निर्माण, भूकम्पले ध्वस्त भएको संरचना पुनःनिर्माण र नवनिर्माणको नयाँ नीति तथा कार्यक्रम ल्याएर प्रष्ट दृष्टिकोण देखिएमा नयाँ नेतृत्व खोजेर सरकार गठन गर्न सकिन्छ, होइन भने यही सरकार रहिरहन्छ ।’
चीन–भारत र नेपालबीच त्रिदेशीय साझेदारी आबश्यक
गाउँवस्ती पुनःनिर्माणका लागि नेता–कार्यकर्ता परिचालन गर्नुपर्ने भन्दै उनलेपुनःनिर्माण तथा श्रमदान अभियानमा सबै जुट्न आग्रह गरे ।
चीन–भारत र नेपालबीच त्रिदेशीय साझेदारी गरेर देशमा सहयोग भित्र्याउन लाग्नुपर्ने उहाँको तर्क छ ।
भारत र चीनबीच आर्थिक सम्झौता भइसकेको भन्दै प्रचण्डले नेपालले दुवै छिमेकी देशसँग समन्वय गरेर पुनःनिर्माण, नवनिर्माणमा सहयोग लिनुपर्ने बताए ।
चीन–भारत र नेपालबीच त्रिदेशीय साझेदारी गरेर देशमा सहयोग भित्र्याउन लाग्नुपर्ने उहाँको तर्क छ ।
भारत र चीनबीच आर्थिक सम्झौता भइसकेको भन्दै प्रचण्डले नेपालले दुवै छिमेकी देशसँग समन्वय गरेर पुनःनिर्माण, नवनिर्माणमा सहयोग लिनुपर्ने बताए ।
भूकम्प प्रतिरोधी घर बनायौं
प्रचण्डले घर, विद्यालय निर्माण गर्दा माटो परीक्षण गरेर भूकम्प प्रतिरोधात्मक बनाउनुपर्ने पनि बताए। “जहाँ मन लाग्यो त्यहाँ घर बनाउन हुँदैन”, उनले भने, “सरकारले अब घर, भवन निर्माणको आचारसंहिता ल्याउनुपर्छ र कडाईका साथ कार्यान्वयन गर्न ढिलाई गर्नु हुँदैन ।”
३१ वर्षअघि पढाएको विद्यालय निर्माणमा सहयोगप्रचण्डले आफूले ३१ वर्षअघि पढाएको भीमोदय उच्च माविमा टहरो निर्माणमा पनि सघाए । उनले भीमोदयमा विज्ञान र कृषि विषय पढाएका थिए । साथै, भीमोदय उमाविमा एमाओवादी स्थायी समिति सदस्य जनार्दन शर्मा नेतृत्वको टोलीले टहरो निर्माणमा तीव्रता दिएको छ । जेठ १७ गतेदेखि विद्यालय सञ्चालनको तयारी गरिएकाले विद्यार्थी पढ्ने टहरो निर्माणमा एमाओवादीले सघाएको नेता शर्माले बताए ।
यसैबीच, आफू शिक्षक रहँदा बसेको घर हेर्न अध्यक्ष प्रचण्ड आरुटार पुुगेका थिए । तत्कालीन अवस्थामा प्रचण्ड बसेको घर महाभूकम्पले ध्वस्त बनाएको छ । उनले ध्वस्त घरको भग्नावशेष अवलोकन गरेर घरबेटीलाई पनि भेटे ।
रासस
About Unknown
We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
0 comments :
Post a Comment