एनआरएन एनसिसि युएसएको नब निर्वाचिक कार्यसिमतीले एक बक्तब्य जारी गर्दै सम्पुर्ण एनआरएनहरु लाइ धन्यवाद दिनुका साथै नया कार्य समितीको कार्य योजनाका सबैलाइ सहभागीता जनाउन अनुरोध गरेको छ । बक्तब्यमा सल्लाह एवं सुझावहरु भए बुदांगत रुपमा में ३१, २०१५ सम्ममा ईमेल मार्फत मा प्रेषित गर्न समेत अनुरोध गरीएको छ । बक्तब्य मा भनीएको छ ।
"एनआरएन एनसिसि युएसएको हालै संपन्न निर्वाचनमा यहांहरुले प्रकट गर्नु भएको अभिमत एवं एक्यबद्धता मार्फत अगामी दुई वर्षें कार्यकालको लागि दिनुभएको गहन जिम्मेवारीलाई आत्मसात गर्दै नव निर्वाचित कार्यसमितिलाई अझ सक्षम तथा सबल बनाउने हिसावले सुझाव संकलन गरिएको छ । उक्त सुझाव संकलनमा सुझाव पठाई सहयोग गर्नुहुने सवै महानुभावलाई कमिटीको तर्फबाट धन्यवाद प्रकट गर्दै थप सुझावको लागि में ३१,२०१५ सम्मको समय बढाइएको जानकारी दिन चाहन्छौ । गैह्र आवसीय नेपाली संघ ९अमेरिका०, अमेरिकाबासी संपूर्ण नेपालीहरुको साझा प्रतिनिधिमूलक संस्था भएको कुरा यहांहरुलाई सर्वविदितै छ।यस गरिमामय संस्थालाई अगामी दिनहरुमा कसरीस्
१ - गतिशिल, प्रभावकारी एवं सहभागिमूलक संगठन बनाउने,
२ - यस्को कार्यदिशा के हुने, तथा
३ - नेपाल र नेपाली माथी पर्न गएको बिपदमा कसरी समन्वयात्मक सहयोगी भूमिका निर्वाह गर्ने ?
भन्ने सन्दर्भमा नीति तथा कार्यक्रमको मसौदा तयार पार्ने काम भईरहेको हुँदा उक्त बिषयमा अध्यक्ष डा केशव पौडेलले घोषणा पत्रमा उल्लेख गर्नु भएका वुंदाहरुका अलाबा अरु थप भएमा यहांहरुको अमूल्य सुझाव तथा सकृय सहभागिताको लागि कमिटी हार्दिक अनुरोध गर्दछ ।
अतः यहांहरुको सल्लाह एवं सुझावहरु भए बुदांगत रुपमा में ३१, २०१५ सम्ममा ईमेल मार्फत NRNUSA2015@GMAIL.COM मा प्रेषित गरि सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ ।
उपाध्यक्ष एवं संयोजक- डिल्ली भट्टराई
सदस्य - सर्बज्ञ वाग्ले
सदस्य - वर्षा मोक्तान
सदस्य - सूर्य लम्साल
सदस्य - विनोद तिवारी
सदस्य - सुशील रेग्मी
सदस्य- सत्यन्द्र शाह
नीति तथा कार्यक्रम मस्यौदा समिति
एनआरएन एनसिसि युएसए
सर्बज्ञ वाग्ले -मिडिया कोर्डिनेटर

0 comments :
Post a Comment