English Edition

भूकम्पको विपत्तिमा सेक्स जीवन

couple

भूकम्प पछि विस्तापित भएर राजधानीको टुँडिखेलमा पुगेको एउटा जोडी । तस्बिर : नयाँ पेज
काठमाडौँ  / सेक्स आधारभूत कुरा हो । विपत्तिमा पनि यसको महत्व उत्तिकै हुन्छ ।
भूकम्प पछि सामूहिक रुपम खुला चौरमा बसेका यौन साथीहरु अर्थात श्रीमान श्रीमतीमा यौन चाहना हुनु स्वभाविक हो । अर्कातिर पीडामय परिस्थितिमा कुनै आत्मीयतासँग नजिकिन मन लाग्छ। यसै क्रममा श्रीमान् वा श्रीमती भनौं वा प्रेमी–प्रेमिकालाई सक्दो आफ्नो समीपमा राख्न खोजिन्छ वा आफू उसको समीप हुन खोजिन्छ।
यस्तो परिस्थितिमा यौनसम्पर्कबाट आफ्ना अन्तरङ्ग अनि प्रेमसम्बन्ध प्रकट गर्न चाहेको पाइन्छ। नियमित जीवनमा जस्तो यौनसम्पर्क गर्न चाँजोपाँजो मिलाउन सजिलो नभएकाले केही हतारमा अनि केही लुकेर यस्तो यौन सम्पर्क हुन सक्छ।
यौन क्रियाकलाप गर्नु वा यौनसम्पर्क वास्तवमा तनाव भुल्ने प्रयास पनि हो। यौनजोडी श्रीमान्–श्रीमती वा प्रेमी–प्रेमिका विपद्को स्थितिमा यस किसिमको असह्य पीडामा कसैको सामीप्यता खोज्दै नजिक पुग्न सकिन्छ।
यौनको चाहना भएर पनि यौन कार्य गर्ने उपयुक्त अवसर मिल्दैन  । गर्भनिरोधक साधन आफूसँग नहुने र सजिलै नपाइने स्थिति हुन सक्छ। त्यसैले गर्भ रहने जोखिम बढाउँछ। सन्तानको रहर पुगिसकेका व्यक्तिले गर्भनिरोधको उपाय निरन्तर गर्नुपर्छ। सन्तानको मृत्यु भएकाले सन्तान जन्माउनुपर्ने आवश्यकता पनि कसैलाई हुन सक्छ। यसरी विपद्का कारणले उठिवास लागेको स्थितिमा सन्तान जन्माउनतिर लाग्ने वा घरबार अलि व्यवस्थित भएपछि सन्तान जन्माउने भन्ने सोच्नु आवश्यक छ। सन्तानका लागि केही समय पर्खिन पनि गर्भ निरोधको साधनको प्रयोग त चाहियो नै।
विशेष गरेर गोप्यता कायम हुन नसक्ने लिङ्ग–योनि मैथुनका लागि परिस्थिति पायक नपर्ने पनि हुन सक्छ। यस्तो स्थितिमा चुम्बन, आलिङ्गन, यौन संवेदशील अङ्गको स्पर्शजस्ता कतिपय वैकल्पिक यौनआनन्द दिने उपाय अवलम्बन गर्न सकिन्छ। यसले पनि सामीप्यतालाई अघि बढाउन र तनाव कम गर्न सहयोग नै गर्छ।
कतिपय किशोर–किशोरी वा युवा–युवतीले अभिभावक गुमाएको स्थिति छ। मन बेचैन भएको वा तनावमा भएका कारण पनि यस्ता किशोर–किशोरी वा युवा–युवतीले कसैको सामीप्यताको खोजमा हुन्छन्। एकातिर तनावका कारण राम्ररी सोच्न सक्ने क्षमतामा ह्रास आएको हुन्छ भने अर्कातिर अभिभावकको रेखदेखको अवस्था पनि हुने भएन। यस्तो स्थितिमा कसैको ललाइ–फकाइमा पर्न सक्छन् र यौनसम्पर्क हुन सक्छ।
यो समयमा यौन हिंसाको सिकार हुन सक्ने भएकाले पनि सजगता अपनाउनुपर्छ। कारणवश हिंसा र विशेष गरी बलात्कारको सिकार हुन पुगेको स्थितिमा अभिभावक वा ठूलाबडा व्यक्तिहरूलाई थाहा दिई प्रहरीमा खबर गर्नुपर्छ र मनोसामाजिक परामर्श, गर्भनिरोधका साथै बलात्कारको प्रमाण सुरक्षित राख्न तथा रिपोर्टको तयारीका लागि स्वास्थ संस्था वा शिविरमा सम्पर्क राख्नुपर्छ।
विपद्कै परिस्थिति भए पनि स्वास्थ्य मन्त्रालयको अथक प्रयासमा स्वास्थ्य संस्था भत्केको स्थितिमा शिविरको व्यवस्था गरेर भए पनि परिवार नियोजनलगायत प्रजनन स्वास्थ्यका सेवाहरू निशुल्क प्रदान भैरहेको छ। आफ्नो आवश्यकताअनुसार स्वास्थ्य संस्था वा शिविरमा सम्पर्क राखी गर्भ निरोधको साधन वा सेवा अनि अन्य स्वास्थ्य सेवा लिन सक्नु हुन्छ।
नियमित रूपमा गर्भ निरोधको साधन प्रयोग नगरिएको स्थितिमा यौनसम्पर्क हुन पुगेमा आकस्मिक गर्भ निरोधको साधन अपनाउनुपर्छ।
हुन त यस्तो विपद्को आफ्नै आकस्मिकता हुन्छ, त्यसैले कसरी तयारी गर्ने भन्ने प्रश्न आउन सक्छ, तर वास्तवमा तयारी यस्तै बेलामा पनि चाहिन्छ। केही कन्डम तथा गर्भ निरोधका साधन आफ्ना महत्त्वपूर्ण सामानसँगै राख्दा यस्तो विपद्को बेला काम लाग्छ नै। साप्ताहिक
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment