English Edition

काठमाडौंमा ‘गलत डायग्नोसिस’ गरिएकी बच्चीको दिल्लीमा मृत्यु

                                                   देवेन्द्र भट्टराई,
नयाँ दिल्ली, जेष्ठ १५ - काठमाडौंको एउटा चल्तीको बाल अस्पतालले गरेको गलत ‘डायग्नोसिस’का कारण मस्तिष्काघात भएपछि १५ महिनादेखि दिल्लीस्थित गंगाराम अस्पतालको सघन उपचार कक्षमा उपचाररत २२ महिने आनभी रिजालको गत आइतबार मृत्यु भएको बिहिबारको कान्तिपुर दैनिकमा समाचार  छ।
‘शरीरको अरू विकास प्रक्रिया र चलायमान स्थिति स्वाभाविक हुादै गएको भए पनि मस्तिष्कले सहज काम गर्न नसकेपछि छोरीको निधन भयो,’ पश्चिम पटलनगरस्थित एउटा घरमा डेरा लिएर बस्दै आएका आनभीका बुबा वसन्त रिजालले भने। श्वासप्रश्वासमा देखिएको समस्यामा जटिलता थपिँदै गएको अवस्थामा छोरीको मृत्यु भएको उनले बताए। गंगाराम अस्पतालका वरिष्ठ चिकित्सक डा. अनिल सच्देव र न्युरोसर्जन डा. सन्दीप चोपडाको टोलीले १५ महिनायता उपचार गर्दै आएकोमा गत ५ महिनायता मात्रै डेराघरमा मेडिकल भेन्टिलेटरसहितको सुविधा राखेर आनभीको कोठामै उपचार गर्न थालिएको थियो। आर्थिक व्ययभार कम गर्न र चिकित्सककै परामर्शमा कोठामै उपचार थालिएको थियो। 
‘डाक्टरले भेन्टिलेटर–सपोर्टमा ‘फिट टु फ्लाई’ भनेर आनभीलाई काठमाडौं लैजान सकिने भनेपछि अर्को साता घर फर्कने तयारीमा थियौं,’ आनभीकी आमा एलिजाले भनिन्, ‘तर एकाएक छोरीले हाम्रो साथ छाडेकी छे।’ काठमाडौंको चल्तीको इशान बाल तथा महिला अस्पतालले चर्को ज्वरो आएको लक्षणमा ‘ब्याक्टेरल म्यानेन्जाइटिस’ भन्दै गलत औषधि दिनाले नाबालिक आनभीलाई मस्तिष्काघात भएको दिल्ली आएर पुष्टि भएको थियो। 
मस्तिष्काघातका कारण आाखा नदेख्ने, कान नसुन्ने, तथा मिर्गौला/कलेजोको संक्रमणले ग्रस्त बनेकी बच्चीलाई बसुन्धरास्थित इशान अस्पतालले रोगको प्रारम्भिक पहिचानै नभई ‘ब्याक्टेरल म्यानेन्जाइटिस’को औषधि खुवाएको थियो। अर्को परीक्षणमा बच्चीलाई ‘टीबी म्यानेन्जाइटिस’को लक्षण देखिए पनि गलत उपचार पद्धति अपनाउनाले अस्पताल लगेको ६ दिनमै बच्चीलाई कृत्रिम श्वासप्रश्वास पद्धति (भेन्टिलेटर) मा राख्नुपर्ने भएको थियो। एयर एम्बुलेन्सबाट गत वर्ष मार्च २० मा दिल्लीस्थित गंगाराम ल्याइएकी छोरीको जीवन बाँच्ने आशामा बाबुआमाले बितेको १५ महिनामा झन्डै २ करोड रुपैयाँ उपचारमा मात्रै खर्चेका छन्। छोरीलाई यतै गुमाएपछि सानो छोरा अभिपलाई साथमा लिएर रिजाल दम्पती यो साता काठमाडौं फिर्कंदै छन्। इशान अस्पतालको उपचार पद्धतिमा रहेको मनपर्दी र गलत डायग्नोसिसका कारण बेहोरेको मानसिक/आर्थिक क्षतिलाई लिएर रिजाल दम्पतीले गत वर्ष असार २० मा काठमाडौं जिल्ला प्रशासन, कार्यालय क्षतिपूर्ति समितिमार्फत उजुरी पनि हालेका छन्। तर, यसको छिनोफानो अझै भएको छैन। 
‘हामीले पैसा पाउनका लागि उजुरी गरेको होइन, बरु नेपालको कहलिएको एउटा नर्सिङ होम र त्यहाँका चिकित्सकको मनपर्दी उपचार शैलीबारे अरू सर्वसाधारण पनि सचेत होऊन् र स्वास्थ्य पद्धतिमा खेलवाड गर्नेहरू कारबाहीको दायरामा आऊन् भनेर जिल्ला प्रशासनमार्फत हारगुहार गर्न गएका हौं,’ वसन्तले भने, ‘अब छोरी पनि गुमिसकेको अवस्थामा थप मानसिक आघात लिएर फेरि यो गम्भीर मामलामा तदारुकताका साथ परामर्श गर्न थाल्नेछौं।’
चितवन, बछ्यौली–९ मूल घर र ललितपुर, धापाखेलमा बस्दै आएका वसन्त र एलिजा रिजाल मूलत: ट्राभल व्यवसाय पेसामा रहे पनि काखकी छोरी थलिएपछि सबै काम तथा व्यवसाय रोकेर उनीहरू दिल्ली बस्दै आएका थिए। 

‘अहिले आएर काखकी छोरीको संस्कार यतै गरेर घर फर्कनुपरेको छ,’ सन्तान गुमाएको शोकमा बसेका वसन्तले भने, ‘हामी सर्वसाधारणको स्वास्थ्यमाथि काठमाडौंका निजी अस्पतालले गरिरहेको मनोमानी खेलवाडका विरुद्ध अहिले नबोले कहिले बोल्ने भनेर शोकमा पनि मिडियासाग बोलिरहेका छौं।’ 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment