काठमाडौं– कलाकारहरु मनीषा कोइराला, मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य प्रधानमन्त्री राहत कोषको दूतका रुपमा नियुक्त भएका छन्। बिहीबार मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई नियुक्त गरेको हो।
‘यस कोषको दूत नियुक्त भएसँगै उहाँहरुले दैवीप्रकोपबाट प्रभावितहरुको उद्धार, राहत, पुनस्थापनाका साथै भूकम्पबाट क्षतिग्रस्तसंरचनाहरुलाई पुरानै स्वरुपमा फर्काउने कार्यमा लागि पर्नेछन्,' नेपाल सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले भने। तीनै जनालाई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल सरकारका विभिन्न आठ मन्त्रालयका सचिवहरुले साथ दिनेछन्।
0 comments :
Post a Comment