English Edition

‘टिपीएस आवश्यक हस्ताक्षरको अभावमा अन्यौल ग्रस्त, सुबिधा उपलब्ध गराउन सकिन्छ: संजिता प्रधान

पुरुषोत्तम ढकाल, लसएन्जलस, १५ जेठ । आवश्यक हस्ताक्षरको अभावमा नेपालले टेम्प्रोररी प्रोटेकटेड स्टाटस (टिपीएस) सुबिधा पाउने या नपाउने आशंका रहेको बेला व्हाइट हाउसकी सल्लाहकार संजिता प्रधानले आफ्नो क्षमता र पहुँच उपयोग गरी यो सुबिधा उपलब्ध गराउन हदै सम्मको प्रयास गर्ने बताएकी छिन । मातृभूमिमा गएको महाभूकम्पको पिडामा रहेको परिवारजन भेट्न इच्छुक कागजपत्र बिहिन नेपाली अमेरिकनले स्वदेश आवत जावत गर्ने र अमेरिकी भूमिमा निर्वाध काम गर्ने हक प्रत्याभूत गर्ने टेम्प्रोररी प्रोटेकटेड स्टाटस (टिपीएस) सुबिधा आवश्यक हस्ताक्षरको अभावमा कार्वान्यन हुने वा नहुने अन्यौल रहेको बेला अमेरिकी राष्ट्रपति बराक ओबमाकि सल्लाहकार संजिता प्रधानले नेपाललाई यो सुबिधा प्रदान गर्न आफुले सक्ने भूमिका निर्वाह गर्ने बताएकी हुन् ।

Sanjita
www.nepal24hours.com संगको कुराकानीमा उनले भनिन, ‘नेपाली अमेरिकन यो सुबिधाको हकदार हुन् र उनीहरुलाई टेम्प्रोररी प्रोटेकटेड स्टाटस (टिपीएस) सुबिधा प्रदान गर्न राष्ट्रपति ओबामा, दक्षिण एशिया हेर्ने अधिकारी र व्हाइट हाउसका उच्च अधिकारीसंग संवाद र समन्वय गर्न आफ्नो क्षमता र पहुँचको उपयोग गर्ने छु ।’ उनले टेम्प्रोररी प्रोटेकटेड स्टाटस (टिपीएस) हस्ताक्षर अभियान र यस बिषयमा क्रियाशील व्यक्ति र समुदाय संग मिलेर यसलाई कार्वान्वयन गराउन आफु क्रियाशील रहेको बताउदै नेपाली अमेरिकनको हितमा क्रियाशील संघ संस्थाहरुलाई आफुसंग संवाद, समन्वय र सम्पर्क गर्न आव्ह्वान समेत गरेकी छिन । उनले भनेकी छिन, ‘ मेरो जिम्मेवारी एशियन अमेरिकनको हितमा काम गर्नु हो र एशियन अमेरिकन मध्यकै नेपाली अमेरिकनको हितमा हुने जुन कुनै सामाजिक कामका लागि पानि आफ्नो साथ्, सहयोग र समर्थन रहने छ ।’ संजिताले जोड दिदैं भनेकी छिन, ‘ नेपाली अमेरिकनको मुलधारमा सामाजिकीकरण, अधिकार र उत्थानका लागि आवश्यक सहयोग र समर्थनको लागि आफु सदैव समुदायसंग मिलेर काम गर्न तयार छु । मलाइ पत्राचार गर्नुहोस । सम्पर्क गर्नुहोस । म यथासम्भव सम्बोधन गर्ने प्रयास गर्ने छु । संजिताकै सब्दमा सामाजिक न्यायको क्षेत्रमा काम गरेको विगतकै अनुभवले आफुले यो तहको जिम्मेवारी पाएको बताउदै आफ्नो पद एक खाले स्वयंसेवा भएको र यस्तो सेवा नेपाली अमेरिकनको हितमा गर्न पाउनु मेरो अहोभाग्य हो । स्मरण रहोस टेम्प्रोररी प्रोटेकटेड स्टाटस (टिपीएस) सुबिधा प्राप्तिको लागि न्यूयोर्कबाट सुरु भएको हस्ताक्षर अभियान २८ मे सम्म आइपुग्दा आवश्यक हस्ताक्षर संख्या भन्दा अनुमानित हिसाबले ८७ प्रतिशत धेरैले कमि रहेको अर्थात् मात्र १३ हजारको हाराहारीमा पुगेको छ जुन संख्या यहाँ रहेको नेपाली अमेरिकनको हितमा क्रियाशील संघ संस्थाहरुको क्रियाशील सदश्य संख्या भन्दा अनुमानित हिसाबले ९० प्रतिशत कमि हो । एक दशक देखि अमेरिकामा रहेर कागजपत्र बिहिन हैसियतमा बसिरहेकी भूमिका घिमिरेको भनाइमा तेरिया मगर र प्रशान्त तामांगलाई डान्सर र इन्डियन आइडलको उपाधि दिलाउन नेपाली अमेरिकनहरुले झन्डै एकलाख हस्ताक्षर संकलन गरेका थिए त्यो भन्दा ठुलो सामाजिक मुद्धामा हस्ताक्षर संख्या न्युन हुनुले नेपाली अमेरिकनको एकतामा ठुलो प्रश्न चिन्ह उठेको छ । एक अगुवा नेपालीको भनाइमा नेपाली अमेरिकनको नाउँमा राजनीति र समाज सेवा गर्छु भन्ने अगुवाहरुको हेल्चेक्र्याईले टेम्प्रोररी प्रोटेकटेड स्टाटस (टिपीएस) सुबिधा प्राप्त गर्न आवश्यक हस्ताक्षर नपुगेको हो । बिबादित र विभाजित नेपाली अमेरिकनका समुदाय केन्द्रित संघ संस्था एनआरएनको समेत हस्ताक्षर अभियानमा कुनै सक्रिय भूमिका रहेन ।
Dilli Bhatta 
नेपाली मूलका अमेरिकन कानुन व्यवसायी डिल्ली भट्टको भनाइमा तिस दिनको म्यादमा लगभग १२ हजार हस्ताक्षर एउटा प्रारम्भिक सुरुवात हो भने अमेरिकी राजनीतिक क्षेत्रको समर्थन अर्को पाइलो हो । यसैगरी नेपाली दुतावासको औपचारिक आग्रह अर्को उपलब्धि हो । नेपाली अमेरिकनको हितमा क्रियाशील संघ संस्थाको सामुहिक हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाउन भने बाँकि नै छ र यो अभियानमा नेपाली अमेरिकनको समुदाय केन्द्रित संघ संस्था एनआरएनको महत्वपूर्ण भूमिका हुन् आउछ । उनले नेपाली अमेरिकनको हितमा क्रियाशील रहेको दावी गर्ने एनआरएनलाई यो बिषयमा महत्वपूर्ण भूमिका निर्बाह गर्न आग्रह गरेका छन् ।
TPSयसै गरी दक्षिण क्यालिफोर्निया क्षेत्रका नेपाली वाणिज्यदूत ऋषि ढकाल, एनआरएन आइसीसी सदश्य राजेन्द्र सिवाकोटी, एनआरएन क्यालिफोर्निया च्याप्टरका तर्फबाट उपाध्यक्ष राम बाबु पाण्डे र एनआरएन अमेरिकाकि सहसचिव संगीता ‘सिवाकोटी’ लम्सालले दक्षिण क्यालिफोर्नियामा टेम्प्रोररी प्रोटेकटेड स्टाटस (टिपीएस) सुबिधा प्राप्त गर्न आवश्यक हस्ताक्षर संकलनको लागि डेस्क स्थापना गरी अन्तिम दिन सम्म अभियानको रुपमा क्रियाशील रहेका थिए । यसै गरी अगुवा अधिकारकर्मी एवं क्रियाशील संचारकर्मी शैलेश श्रेष्ठ, क्यालिफोर्नियाको सामुदायिक संचारमाध्यम हिमाली पोस्ट, नेपाली अमेरिकनको तर्फबाट राजनीतिमा क्रियाशील ह्यारी भण्डारी, न्यूयोर्कमा रहेको गैर सरकारी संस्था अधिकार, एनआरएन अमेरिकाका पूर्व उपाध्यक्ष श्री पराजुली, न्यूयोर्कका अगुवा नेपाली संजय थापा र अगुवा नेपाली अमेरिकन मिलन कुमार शाहीले सामाजिक संजाल मार्फत टिपीएस हस्ताक्षर अभियान संचालन गरेका थिए । टेम्प्रोररी प्रोटेकटेड स्टाटस (टिपीएस) सुबिधा प्राप्त गर्न आवश्यक हस्ताक्षर संकलनको प्रारम्भिक अभियान सुरु गर्ने अभियन्ता एवं कानुन ब्याबसायी डिल्ली भट्टले सम्पूर्ण नेपाली अमेरिकन पुन एक पटक एकतृत हुँदै सम्पूर्ण नेपाली अमेरिकनको सामाजिक संघ संस्थाको तर्फबाट हस्ताक्षर सहित ज्ञापन पत्र डिपार्टमेन्ट अफ होम ल्याण्ड सेक्युरिटीलाई बुझाउने कार्यमा सहयोग र समर्थन प्रदान आग्रह गरेका छन् ।
टेम्प्रोररी प्रोटेकटेड स्टाटस, नेपाली अमेरिकन र नेपालले लिन सक्ने लाभ:
नेपालमा गएको महाभूकम्प पछि अमेरिकी सरकारले यस अघि युद्ध र प्राकृतिक बिपतमा परेको राष्ट्रहरुलाई प्रदान गर्दै आएको टेम्प्रोररी प्रोटेकटेड स्टाटस सुबिधा अमेरिकामा लामो समय देखी बसोबास गरिरहेका कागज पत्र बिहिन अनाधिकृत आप्रवाशी नेपालीहरुलाई लक्षीत गरेर सुरु गरिएको र अमेरिकी सरकारबाट यो सुबिधा प्रदान प्रदान भएमा झन्डै १० हजार कागज पत्र बिहिन अनाधिकृत आप्रवाशी नेपाली र त्यतिनै संख्यामा रहेको भनिएको अमेरिकामा अध्यनरत नेपाली विद्यार्थी हरुले कम्तिमा १८ महिना काम गर्ने अनुमति र निर्वाध रुपले स्वदेश आवागमन गर्ने सुबिधा अमेरिकि अध्यागमन विभागबाट प्राप्त गर्ने छन् भने मातृभूमि नेपालले प्राकृतिक बिपतमा रहेको राष्ट्रको मान्यता र अमेरिकी सहयोगमा उच्च प्राथमिकता पाउने छ । स्मरण रहोस अमेरिकी विदेश मन्त्रि जोन केरी, अमेरिकी काँग्रेसको झन्डै ४५ जना काँग्रेस म्यान, १२ जना सिनेटर रिपब्लिकन सहित र केहि राज्य सरकारले समेत नेपाललाई टेम्प्रोररी प्रोटेकटेड स्टाटस सुबिधा प्रदान गर्न व्हाइट हाउसलाई आग्रह गरी सकेक छन् ।
(यदि तपाइ पनि नेपाली अमेरिकनको हितमा काम गर्न चाहनु हुन्छ भने  अमेरिकी राष्ट्रपति बराक ओबमाकि सल्लाहकार संजिता प्रधानसंग सम्पर्क राख्न सक्नुहुन्छ  । तपाइ इमेल मार्फत संजिता प्रधानसंग पत्राचार गर्नुहोस)
Sanjita Pradhan:
sanjita.aapicommission@gmail.com

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment