English Edition

बहराइनका नेपालीद्वारा झन्डै १२ लाख राहत सकंलन



world news

उमाकान्त पाण्डे / यूएई  - खाडी मुलुक बहराइनमा कार्यरत नेपालीहरुले भूकम्प पीडितका लागि आर्थिक सहयोग गरेका छन । बहराइनमा कार्यरत नेपालीहरुले जम्मा गरेको ११ लाख ३८ हजार ८ सय ५४ नेपाली रुपैया सकंलन गरेर नेपाल पठाएका छन । 

बहराइनमा कार्यरत नेपालीहरुले 'नेपालीका लागि नेपाली'अभियान मार्फत जम्मा गरेको सो रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको अभियानका सचिव अर्घाखाँचीका युवराज केसीले  जानकारी दिनुभयो । संकलित रकम दुईचरणमा गरी जम्मा गरिएको थियो । पहिलो चरणमा तिलक सापकोटाले आफु कार्यरत कम्पनीमा रहेका नेपाली तथा अन्य देशका नागरिक बाट संकलन गरेको २ लाख २७ हजार नेपाली रुपैया पहिले नै अभियानलाई बुझाएर नेपाल पठाइएको थियो ।  

अभियान मार्फत स्वईच्छाले सहयोग गर्न चाहनेलाई दुतावास मार्फत स्विकृत गरिएको रशिद कटाएर रकम सकंलन गरिएको थियो । त्यसरी रशिद काटेर सकंलित रकम एक कार्यक्रमका बीच सार्वजनिक गर्दै अभियानले रकम कोषमा जम्मा गरेको अभियानका सम्योजक यादव देवकोटाले बताउनु भयो । देवकोटाका अनुसार सकंलन गरिएको रकम दुतावासको रोहबरमा सार्वजनिक गरिएको थियो । सो कार्यक्रममा बहराइनका लागि कार्यबाहक नेपाली राजदुत मणिप्रसाद भट्टराई, दुतावासका त्रीतिय सचिव ओम भन्डारी, समाजसेवीहरु गोम गुरुङ, एनआरएन आइसीसी सदस्य झमक प्रसाद सापकोटा लगायत बहराइनमा रहेका नेपाली संघसस्थाका प्रतिनिधिको उपस्थिती थियो । 

नेपालमा गएको भूकम्प पीडितलाई अन्य देशको तुलनामा खाडीका मुलुकमा रहेका नेपालीले धेरै सहयोग जुटाई रहेका छन । खाडीमुलुक संयुत्त अरब एमिरेट्स यूएई , साउदी अरब , कतार , बहराइन , ओमन , र कुवेतमा रहेका नेपाली सकृय भएर आपतमा परेको नेपाललाई सक्दो राहत सकंलनका लागि जुटेका हुन ।   

ती देशमा रहेका नेपालीहरु कतिपय ब्यात्तिगत रुपमै पैसा जम्मा गरेर सम्बन्धित क्षेत्रमा सहयोग गरेका छन भने धेरै जसो नेपालीहरु गाउ,जिल्ला र अञ्चल स्तरिय संघसस्थामा संगठित भएर रकम संकलन गरिरहेका छन । 

यूएईमा रहेका धेरै जसो संघसस्थाले मिलेर सम्युत्त रुपमा आर्थिक तथा जीन्सी सामग्री नेपाल पठाइ सकेका छन । बहराइनमा रहेका नेपालीले मिलेर नेपाल पुन:निर्माणका लागि ६ महिने अभियान सन्चालन गर्ने तयारी गरेको बहराइनमा कार्यरत कर्ण थापाले जानकारी दिनुभयो ।  
अर्घाखाँची डट्कमबाट 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment