English Edition

बाहिर आरोप लगाएको सुनिन्छ तर त्यस्तो होइन - वामदेव


bamdev-gautam
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले राहत, उद्धार र पुनर्स्थापनमा सरकारले  कुनै कसर बाकि नछाड्ने बताएका छन् । गौतमले भने, "बाहिर आरोप लगाएको सुनिन्छ तर त्यस्तो होइन।"

शुक्रबार ललितपुरको बुङमति र खोकनामा भूकम्पका कारण भएको क्षतिको अवलोकन गर्दै मन्त्री गौतलले उद्धार र राहतको काम सकिएकाले पुनःनिर्माण र पुनःस्थापनाको कामलाई सरकारले अगाडि बढाएको उल्लेख गरे । उनले नेपालमा  आएको महाविपत्तीमा सबै एक भएर अघि बढ्नुपर्ने बताए ।
"सबैको आशा सरकार माथि छ," मन्त्री गौतमले आफ्नै मान्छेहरुले सरकारको आलोचना गरेको गुनासो गरे ।

मन्त्री गौतमले स्थानीयहरु छलफल गर्दै राहतका विषयमा जानकारी समेत लिएका थिए । ऐतिहासिक महत्व बोकेको बुङमति र खोकनामा अधिकांश पुराना घरहरुमा भूकम्पका कारण क्षति पुगेको छ ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment