English Edition

एनआरएन अमेरिकाको नव निर्वाचित अध्यक्ष डा. केशब पौडेल सहित संघका पदाधिकारीद्वारा पदभार ग्रहण

४ जेठ । गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिकाको नव निर्वाचित नेतृत्वले आइतबार न्यूयोर्कमा आयोजित समारोहमा पदभार ग्रहण गरेको छ । नेपालमा गएको प्रलयकारी भूकम्पका कारण स्थगित हुन पुगेको पदभार तथा सपथ ग्रहण कार्यक्रम आज न्यूयोर्कमा सम्पन्न भएको हो । आइतबार न्यूयोर्कमा आयोजित सपथ ग्रहण समारोहमा पद तथा गोपनियताको सपथ लगत्तै संचारकर्मीहरुसंग कुरा गर्दै नव निर्वाचित अध्यक्ष डा. केशब पौडेलले मातृभूमि नेपालमा प्रलयकारी भुकम्प गए लगत्तै उद्धार र राहतमा केन्द्रित रहेको संघको नेतृत्वले मातृभूमि नेपालमा गएको प्रलयकारी भुकम्पमा परि घरबार गुमाउनेहरुका लागि पुनर्निर्माणको बृहद योजना संचालन गर्ने जानकारी दिदैं निकट भबिष्यमा संघको बार्षिक योजना सार्वजनिक गर्ने बताएका छन् ।
NRN USA Teamअध्यक्ष पौडेलका अनुसार अमेरिकी भूमिमा राजनीतिक र सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिहरुलाई समेत संघले सक्ने सहयोग र प्रोत्साहन गर्ने बताएका छन् । पौडेलले आफुलाई भरि मतले निर्वाचित गर्ने सम्पूर्ण नेपाली अमेरिकनलाई धन्यवाद ज्ञापन गर्दै संघ नेपाली अमेरिकनको बृहत्तर हितमा क्रियाशील हुने बताएका छन् । स्मरण रहोस संघको गत महिना सम्पन्न निर्वाचनमा आफ्ना पाँच प्रतिद्वन्दीलाई भारी मतको अन्तरले पराजित गर्दै प्रजातन्त्रबादी डा. केशब पौडेल निर्वाचित भएका थिए । आइतबार न्यूयोर्कमा संघका प्रमुख निर्वाचन आयुक्त बिनोद रोक्काले नवनिर्वाचित अध्यक्ष केशव पौडेल सहित वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल, उपाध्यक्षहरु बन्दना कोइराला, रबिना थापा, डिल्ली भट्टराई र रामचन्द्र पोखरेल, महासचिव-तिलक श्रेष्ठ, सचिव- शंकर खड्का, सहसचिव संगीता ‘लम्साल’ सिवाकोटी, कोषाध्यक्ष-वेद बस्नेत र सहकोषाध्यक्ष- प्रकाश सापकोटालाई एक समारोहबीच पद तथा गोपनियताको सपथ गराएका थिए । आजै आयुक्त रोक्काले संघका नवनिर्वाचित जन सम्पर्क अधिकारी राम खरेल, सदश्यहरु क्रमश गोमा शेन, सुर्य लम्साल, हरिशचन्द्र हमाल, मोहनबहादुर ज्ञवाली, बिनोद तिवारी, शिबराज पौडेल , विष्णुमान प्रधान, गोबिन्द श्रेष्ठ, सतेन्द्र शाह, सुशील रेग्मीलाई समेत पद तथा गोपनियताको सपथ गराएका थिए ।
President Paudelयस अघि , संघको सम्पन्न निर्वाचनमा पेशाले चिकित्षक रहेका पौडेल आफ्ना प्रतिद्वन्दी भन्दा झन्डै तेब्बर भन्दा धेरै मत ३६२२ मत प्राप्त गरी बिजयी भएका थिए । सम्पन्न निर्वाचनमा पौडेलका प्रतिस्पर्धी गणेश कुँवरले ११३३ मत प्राप्त गरेका थिए भने जन सम्पर्क समिति अमेरिका पक्षधर देउबा निकट समुहले संथापनका डा. केशव पौडेल बिरुद्ध भर्जिनिया राज्यका नगेन्द्र पौडेलको नेतृत्वमा छुट्टै प्यानल सहितको उम्मेदवारी दिएको थियो तर उनले सर्मनाक पराजय व्यहोरे । उता एमाले निकट प्रवाशी मंचले गणेश कुँवरको नेतृत्वमा आफ्ना उम्मेदबार मैदानमा उतारे पनि उनले प्राप्त गरेको मत  दोस्रो रहे पनि न्युन भन्न लायक थियो  । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल श्री पराजुलीको नेतृत्वमा चुनावी मैद्नामा होमिए पनि उनले प्राप्त गरेको मत समेत सर्मनाक भन्न लायक थियो । मुलथलोको बढ्दो राजनीति प्रभाव प्रति असन्तुष्टि जनाउदै अगुवा संचारकर्मी रमा सिंहले समेत अध्यक्ष पदमा आफ्नो उम्मेदबारी दिएकी थिइन् तर उनले पनि लगभग ४०० कै हाराहारी मतमै चित्त बुझाउनु पर्यो । निर्वाचन मार्फत एनआरएन अमेरिकाको नेतृत्व चुनिएको यो दोस्रो अवसर हो । झण्डै ११ हजार मतदाता रहेको निर्वाचनमा विभिन्न पदमा ६० जना र च्याप्टरका अलग्गै गरी सयौं उम्मेदवारहरु प्रतिस्पर्धामा रहेको संघको यो निर्वाचनले मूल थलोको संबिधान सभा निर्वाचनको जस्तै झल्को प्रस्तुत गरेको थियो । उता बिबादमा रहेको एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्यहरुका लागि भने निर्वाचन हुन सकेको थिएन । प्रमूख निर्वाचन आयुक्त अधिबक्ता विनोद रोकाले आइतबार न्युयोर्कमा पद तथा गोपनियताको सपथ गराएका थिए भने संघका निबर्तमान अध्यक्ष खगेन्द्र जिसीले नव निर्वाचित नेतृत्वलाई आजै एक समारोह बीच पदभार हस्तान्तरण गरेका थिए । आइतबार न्यूयोर्कमा आयोजित सपथ ग्रहण समारोहमा राष्ट्र संघिय मिशनका नेपाली प्रमुख डा. दुर्गा भट्टराई, न्यूयोर्कस्थित नेपाली कन्सुलेट प्रविन भट्टराई र अमेरिकाभरिबाट न्यूयोर्कमा जम्मा भएका ठुलो संख्याका नेपाली अमेरिकनको उपस्थिति रहेको थियो भने संघको नव निर्वाचित नेतृत्वलाई सफल कार्यकालको सुभकामना प्रदान गरिएको थियो । समारोहमा नेपालमा गएको प्रलयकारी भुकम्पमा परि ज्यान गुमाउनेहरुको सम्झनामा एक मिनेट मौन धारण गरि घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो  ।
:: न्यूयोर्कबाट प्रमोद सिटौलाको सहयोगमा । (तस्बिर: प्रमोद सिटौला) 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment