English Edition

को होला भाबी प्रधानमन्त्री ?

कपिल श्रेष्ठ
हामीले २५ वर्षयता यता देश बनाउन जानेनौं नेताहरुले बुझेनन् । गर्नुपर्ने काम नै गरेनौं । देशलाई अग्रगतितिर लान सुरक्षित बस्ती विकास गर्न नसक्दा हामीले अहिले विपत्तिको सामना गर्नुपरेको छ । स्थानीय निकाय नभएकोले राहत पुर्याउनका लागि सम्न्वय गर्न सकिएको छैन । यस्तै बेलामा जिम्मेवार दलका नेताहरुले राष्ट्रिय सहमतिको सरकारको नाममा ‘सत्ताको भाग खाने’ सोचमात्र बनाएका छन् ।
नेताहरुको यो सत्तारोग हुँदा–हुँदा पद्यरत्न तुलाधारदेखि ओम गुरुङसम्ममा सरिसक्यो । नेताहरुलाई झैं उनीहरुलाई पनि सत्ता चाहिएको छ ।
अहिले भएको सरकार त काम लागेको छैन विपत्तिको बेला अर्को सरकार बनाउनुको अर्थ र सन्देश के ? एउटा संविधान बनाउन त नेताहरुले गरिखाएनन् । सबै मिलेर गछौं विपत्ति समाधान गछौं र देशको पुनर्निर्माण गर्छौ भन्ने स्वार्थ लिंदै शक्तिमा पुग्ने दाउ मात्र हो ।
कोइरालालाई सहमतीय नेतृत्व सुहाउँदैन
प्रधानमन्त्री सुशील कोइराला र बाहुनको प्रधानमन्त्री भए । उनका वरिपरीको घेराले त्यसैलाई चरितार्थ गर्छ । यी मान्छे जिन्दगीभर सादगी र इमान्दार देखिए, इतिहास पनि त्यस्तै छ । तर, सक्षम देखिएनन् ।
सक्षम र दृष्टिकोण भएको मान्छे होइनन् । प्रधानमन्त्रीका रुपमा भूकम्पपछि अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्न सकेनन् । यस्ता व्यक्तिले सहमतीय प्रधानमन्त्री मै हुन्छु भन्न सुहाउँदैन ।
औषधी खाने र अस्पताल जाने ओलीले चलाउन सक्दैनन्
महिनाको ५०/६० हजारको औषधी खानुपर्ने र निरन्तर अस्तापल जानुपर्ने व्यक्तिबाट सरकार चल्दैन । प्रजातन्त्रको लागि उनको योगदान छ । माओवादी अतिवाद रोक्न ओलीको बोलीले सहयोग गरेको छ । तर, ७० र ८० वर्ष पुग्न लागेका व्यक्ति उपचार गराइरहेका व्यक्तिले मुलुक चलाउने दिन गए ।
प्रधानमन्त्री बन्थे, अरुले बन्न दिएनन् भन्ने विषयलाई अब ओलीजीले आत्मकथामा लेख्नुपर्छ । उनका वरिपरि देखिएका नेता गु्रपिज्जमा छन् । भारत र चीनलाई खुशी पारेर शक्तिमा पुग्ने सोचदेखि केही देखिन्न ।
आफ्नो राजनीतिक करिअरमा ओली अहिलेसम्म प्रधानमन्त्री बन्न सकेका छैनन् । त्यसैले ओली सिंहदरबारबा एकपटक फोटो टागेर बिदा हुने दाउमा छन् । सोही कारण भूकम्पपछिको संकटमा आफूले निकास दिन सक्ने भन्दै नेतृतवमा दाबी गरिरहेका छन् । ओलीले प्रचण्डसँग सत्ताकै लागि दिनको दुईपटक भेट गर्नु पद र सत्तालोलुपताको पराकाष्ठा हो ।
प्रचण्डलाई सानो स्वार्थका लागि ढाँटेको आरोप
जनताले दोस्रो निर्वाचनबाट प्रचण्ड मोडलको राजनीतिक काम लाग्दैन भनेर अस्वीकार गरेका छन् । आन्दोलनका उनले सही नेतृत्व दिएका छन् तर, मुलुक चलाउने र आन्दोलनको नेतृत्व फरक कुरा विषय हुन् ।
सरकार चलाउने ठाउँमा प्रचण्ड नपुगेका होइनन् तर, मुलुक चलाउने सक्षमता देखाउन सकेनन् । जनताको विश्वास देखिएन । जनताले जहिल्यै प्रचण्डको इमान्दारीमाथि शंका गरे । सानो स्वार्थको लागि पनि प्रचण्डले ढाट्ने गरेको आरोप लागिरहेको छ ।
त्यसैले अहिलेको संकटमा अरु जस्तै प्रचण्डले पनि सत्ताको सही नेतृत्व गर्न सक्दैनन् । विपत्ति समाधानका लागि भन्दै  स्वार्थ सत्ताले मात्र राष्ट्रिय सरकारको कुरा आएका हुन् ।
बाबुरामलाई बाहिरै बसेर बुद्धिमता देखाउने अवसर
एमाओवादी नेता डा. बाबुराम भट्टराईले पनि सत्ता चलाइसके । जनादेशबाट माओवादीप्रति आस्था र विश्वास देखिइसकेको छ । बाबुरामहरुको राजनीति यतिखेर ‘ट्रान्जिसन’मा छ ।
बाबुराममा साँच्चै खुबी छ भने विलक्षण प्रतिभा देखाउने बेला आएको छ । प्रधानमन्त्री भन्दा उहाँ विशेष मन्त्री वा सल्लाहकार बनेर विपत्तिमा योगदान र सहयोग गर्न सक्नुहुन्छ । यसका लागि प्रधानमन्त्री नै किन बन्नुपर्यो ? प्रधानमन्त्रीभन्दा अरु पदबाट योगदान गर्ने, हिम्मत, आँट र बुद्धिमता देखाउने बेला हो ।
प्रधानमन्त्री बनेको संख्या बढाउन उद्यत देउवा
कांग्रेस नेता शेरबहादुर देउवा पनि पटकपटक प्रधानमन्त्री भइसके । फेरि पनि कसरत गर्दैछन् भन्ने सुनिन्छ । यस्तो हेर्दा लाग्छ यी नेताहरुको जन्म नै प्रधानमन्त्री बन्नका लागि भएको हो । अरु अस्वस्थ र वृद्ध नेता जस्तै देउवाले पनि अहिलेको मुलुकको चुनौति, संकटलाई बुझेका छैनन्
विकल्प :  भिजनरी योङ पर्सन, जसले २० घण्टा काम गरोस्
अहिलेको  राजनीतिक नेतृत्वले आफ्नो सकेको र स्वार्थको सक्षमता वा असक्षमता देखाइसक्यो । यिनीहरुको भूमिका हेर्दा अहिलेको अनुहारले प्रजातन्त्र र संकटको चुनौति बुझेका छैनन् ।
त्यसैले, नयाँ जेनेरेसशनले नेतृत्वल पाउने गरी ‘ग्रुम’ गर्न थाल्नुपर्छ । अब क्याविनेट भनेको ‘एक्स म्यान’ र ‘एक्स विमेन’ थुपार्ने ठाउँ होइन । बेलायत अमेरिकामा ४० र ४२ वर्षका नेताहरु प्रधानमन्त्री राष्ट्रपति हुन सक्ने यहाँ किन हुन नसक्ने ?
पुरानो सोच र विचारबाट देश अल्झियो । बुढाहरुमा ‘इगो’ धेरै हुन्छ । हिजो किसुनजी, गिरिजाबाबु, गणेशमानजीहरुको द्धन्द्ध यस्तै देखाएको छ ।
विनाशकारी भूकम्पपछि जनताको घर आँगनमा पुग्नेले व्यक्तिले नेतृत्व लिनुपर्ने बेला आएको छ । मुटुमा आँट र चुनौतिलाई सामना गर्ने कल्पनाशीलता भएको नेतृत्व अब आउनुपर्छ । त्यसैले २४ घण्टामा २० घण्टा गर्ने काम प्रधानमन्त्री मुलुकले खोजेको छ ।
भूकम्प आएको क्षेत्रमा धनी र नवधनीको घर मात्र बचेका छन् । पछि धन कमाएकाहरु र पहिले धनी भएकाहरुको मात्र बच्नुले यही सन्देश दिन्छ । भष्टाचार गरेर, एनजिओलाई पेशा बनाएकाहरुको घर भत्किएको छैन । तर, गा्रमीण बस्ती नै नचिनिने अवस्थामा छन् । यस्तो बेलामा आएका  राहतलाई प्रभावकारी बनाउन नसक्ने
द्धन्द्ध सकिएपछि अफगानिस्तानमा अरबौ डलर आयो । यहा छुच्छोपनले वैदेशिक शक्ति आएन ।
टेस्टेड पूर्व प्रधानमन्त्री विकल्प होइनन:
संकटलाई एकातिर छोडेर पूर्व प्रधानमन्त्रीहरुले एकै स्वरमा राष्ट्रिय सहमतिको सरकारले मात्र भूकम्पछिको संकटलाई समाधान गर्ने बताए । यो भनेको जन्मेकै प्धानमन्त्री बन्न जस्तो देखियो । ‘टेस्टेड’ यी व्यक्तिहरु संकटको बेलामा विकल्प बन्न सक्दैनन् । चरम सत्ता स्वार्थले घेरिएर मात्र उनीहरुले यस्तो बोलेका हुन् । सत्तामा छँदा यिनीहरुले के गरे ? संविाधन बनाए ? देशलाई निकास दिए ? अब विपत्ति व्यवस्थापन गर्छन् भन्ने ग्यारेन्टी के ?
लेखक प्रध्यापन तथा मानवअधिकारको क्षेत्रमा सक्रिय छन् । 
स्रोत: खबर डबली

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment