बाल्टिमोर एसोसिसन अफ नेप्लिज इन अमेरिका (बाना) ले नेपालका भुकम्प पीडितहरुका लागि संचालन गरेको राहत संकलन अभियानमा हालसम्म २५ हजार डलर जम्मा भएको महासचिब देब शर्माले बताउनु भयो | दोस्रो दिनदेखि नै राहत संकलन शुरु गरेका हौँ | पचास हजार संकलन गर्ने लक्ष्य छ" शर्माले द नेपाल टुडेसंग बताउनु भयो |
बाना कार्य समितिका पदाधिकारीहरु यो कार्यमा सक्रियसंग जुटेका छन् | त्यस्तै मध्येका एक हुन् - इन्दुराज रेग्मी | रेग्मी भन्नु हुन्छ, " आफुले चिनेजानेका सबैसंग सहयोग मागिरहेका छौं | नेपालीहरुले त आ-आफ्नो तरिकाले पहिल्यै सहयोग गरिसके छन् | धेरैजसो बिदेशीहरुले सहयोग गरेको कुरा बानाको सहयोग बाकसमार्फत पाच हजार डलर भन्दा धेरै उठाउन सफल रेग्मीले भन्नुभयो | सक्रिय मध्येकै अर्का जनकराज पौडेल भन्नुहुन्छ, "यो अभियानमा श्रीमती र सालीले आफुले काम गर्ने ठाउंबाट पनि रकम संकलन गरेको बताउनु भयो | उहाँले भन्नुभयो, " हामी त परिवार नै लागेका छौं |"
"बानाले पीडितहरु लाई जति सक्यो छिट्टो राहत हातमै देओस भन्ने चाहन्छु " समाजसेवी अर्जुन हमालले द नेपाल टुडेसंग भन्नु भयो | राहत संकलन कार्यमा सहयोग गर्नेहरुमा बानाका पूर्व अध्यक्ष क्रिस घिमिरे, मोहन थापा र विजय श्रेष्ठका साथै बानाका संस्थापक तथा अग्रजहरुको उल्लेख्य भूमिका रहेको सचिब श्रीजन ताम्राकारले बताउनु भयो |
बानाको हालै सम्पन्न बैठकले संकलित रकम कसरी नेपाल पठाउने भन्ने बारेमा छलफल गरेको छ | बानाका अध्यक्ष कुलमणि आचार्यका अनुसार उठेको रकम मध्ये आधा रकम राजदुत मार्फत प्रधानमन्त्री राहत कोषमा पठाउने र आधा रकम अध्यक्षको नेतृत्वमा नेपाल जाने टोलीले प्रत्यक्ष पीडितलाई हस्तान्तरण गर्ने निर्णय भएको छ | बानाले सडक छेउमा बसेर र दीप प्रज्ज्वलन गरेर पनि सहयोग रकम उठाउदै आएको छ | विभिन्न संघ संस्था र ब्यापारीहरुले स्वत:स्फुर्त पनि रकम हस्तान्तरण गरिरहेका छन् |









0 comments :
Post a Comment