पूर्व प्रधानमन्त्री तथा एमाओबादी नेता बाबुराम भट्टराईले इन्जिनीयर्स एसोसिएसनका पदाधिकारी लगायत वरिष्ठ इन्जिनीयर,आर्किटेक्ट,प्लानर र भूकम्पविद्हरूसंग गम्भीर अन्तर्क्रिया सम्पन्न भएको बताएका छन् | "अन्तरक्रियाका क्रममा भएको विमर्सका क्रममा उठेका मध्ये निम्न कुरा विशेष मननीय लाग्यो" भन्दै बाबुरामले आफ्नो फेसबुकमा लेख्छन " पुनर्निर्माणर नवनिर्माणका लागि छुट्टै Reconstruction Authority बनाउनुपर्ने" |
भट्टराईले तत्काल शहरमा जोखिमपूर्ण भवन/संरचना demolition मुख्य समस्या रहेको भन्दै त्यसनिम्ति छुट्टै demolition squad चाहिने कुरामा पनि छलफलका सहभागीहरुको मत एक रहेको उल्लेख गरेका छन् | उनले नियम विपरित तला थप्नेले तला नघटाए बैंकले ऋण नदिने लगायतका कारवाही चलाउने तथा उपत्यकामा २१ नगरपालिका घटाउने र सबैमा एउटै भवन संहिता लागु गर्ने बिषयमा छलफल गरेको बताएका छन् |
साथै उनले अव लामो समय पालमा राख्नु सट्टा अस्थायी आवासको व्यवस्था गर्ने र त्यसनिम्ति शहरका थुप्रै पार्टी प्यालेस प्रयोग गर्न सकिने बिषयमा जोड दिएका छन् | अर्को आदेश नभएसम्म नयाँ भवन निर्माण रोक्ने; गाउँमा पनि भवन संहिता लागु गर्ने र
नयाँ निर्माणकालागि दशौं हजारको दक्ष जनशक्ति युद्धस्तरमा तयार गर्ने बिषयमा छलफल भएको कुरा उनले फेसबुक मार्फत उल्लेख गरेका छन्|

0 comments :
Post a Comment