सरकारले अब बन्ने घर दुइ तल्ले हुनुपर्नेमा जोड दिने भएको छ | साथै सरकारले असारको मसान्तसम्मका लागि कुनै पनि घर निर्माणमा रोक समेत लगाएको छ |
भूकम्पका कारण ठूला-ठूला घर भत्केपछि सरकारले तत्कालका लागि २ तलाभन्दा माथि घर बनाउन रोक लगाएको हो । स्थानीय विकास मन्त्रालयले सोमबार सबै नगरपालिका र जिल्ला विकास समितिलाई लिखित परिपत्र जारी गर्दै दुई तलाभन्दा माथि घर बनाउन रोक लगाएको हो।
असार मसान्तसम्मका लागि रोक लगाइएको र त्यसबेलासम्म भवन निमार्णको स्वीकृति पनि नदिइने मन्त्रालयले जनाएको छ। भूकम्पअघि निवेदन दिएर नक्सा पास भइसकेकालाई पनि काममा रोक्न मन्त्रालयद्वारा जारी परिपत्रमा उल्लेख छ।
भूकम्प प्रतिरोधात्मक र वातावरणमैत्री घर बनाउन भने २ तलासम्मको अनुमति दिइने मन्त्रालयले जनाएको छ। साथै मन्त्रालयले मापदण्ड मिचेर बनाइएका र जोखिम युक्त पर्खाल यथासक्य चाडो भत्काउन पनि मातहतका निकायलाई निर्दैशन दिएको छ।
आगामी वर्षदेखि जग्गा प्लटिङ गर्दा ओपेन स्पेस राख्नुपर्ने प्रावधान पनि मन्त्रालयले अघि सारेको छ। मापदण्ड विपरित नक्सापास गर्ने कर्मचारीलाई कारबाही गरिने मन्त्रालयले जनाएको छ। भत्केका र असुरक्षित घर साउनपछि भत्काउने र माटो परीक्षणपछि कत्ति तलाको घर बनाउन दिने भन्ने विषयमा अनुमति त्यत्ति बेला नै दिइने मन्त्रालयले जनाएको छ।
Home
/
baltimorekhabar
/
Nepal khabar
/
politics
/
prawas
/
काठमाडौँमा घर बनाउन रोक, असारपछि दुई तले मात्र
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment