ललितपुर, जेष्ठ ५ - बैशाख १२ गते शनिबार गएको महाभूकम्पले थुप्रै नेपालीलाई घरबारविहीन बनाएको छ । राजधानीलगायत भूकम्प प्रभावित विभिन्न जिल्लाका सर्वसाधारण अझै घर भित्र छिर्न अन्कनाइरहेका छन् । आफ्नो घर चर्किएपछि ललितपुर कुसुन्तीका दुई परिवारले अस्थायी घरको नयाँ जुक्ति निकालेका छन् । जम्माजम्मी १४ जना छन् उनीहरू । बैशाख १५ गते देखि सडक किनारामा कवाडीलाई बेचेर राखिएको स्कुल बसमा उनीहरुले घरबार जमाएका छन् ।
महाभूकम्पले आफ्नो घरलाई बस्न नहुने बनाएपछि उनीहरू यसरी बस्न थालेका हुन् । घर नजिकै खुल्ला ठाउँ नभएपछि पालको बसाईभन्दा सहज हुने भन्दै उनीहरू थोत्रो बसबाटै आफ्नो दैनिकी चलाइरहेका छन् । तर बसको बसाईंमा एउटा भने समस्या छ, ‘राती सुतेको बेलामा कोही एकजना उठेर बसबाट झरे सबैको निद्रा खल्बलिन्छ ।’
शब्द/तस्विर : लक्ष्मीप्रसाद ङाखुसी
0 comments :
Post a Comment