English Edition

सिंगटीमा शव निकाल्न अमेरिकी विज्ञकाे टाेली

दोलखा, जेष्ठ ६ ( भूकम्पले सिंगटी बजारको घरहरु भत्कदा पुरिएका मानिसहरुलाई १० दिनसम्म झिक्न नसकेपछि अमेरिकी विज्ञको टोली उद्धारका लागि आइपुगेको छ ।

संसारको विभिन्न देशमा ६ सयभन्दा बढी कुहिइसकेका शवहरु निकालेको अनुभवी ब्राइन स्मिथ  स्वयमसेवी भूमिका निर्वाह गर्न बुधवार सिंगटी पुगेका हुन् । भवन भित्र फसेको शवहरु गन्हाइसकेको तर निकाल्न नसकीएको जानकारीका आधारमा उनी स्वयमसेवा गर्ने उद्धेश्यले आएको बर्दबहादुर गणले जानकारी दिएको छ । नेपाली सेनाको बर्दबहादुर गण र विज्ञ मिलेर सिंगटी र आसपास पुरिएका मानिसहरुको उद्धार गर्ने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।

दोलखाको उत्तरी १८ गाविसको मुख्य व्यापारिक केन्द्रमा बैशाख २९ गतेको भूकम्पले एउटावाहेक सबै घरहरु भत्किएको छ । घरहरु भत्कदा सिंगटीमा धेरै मानिसहरु हाताहात भएका थिए । करिब २ सय घर ध्वस्त भएको सिंगटी बजार दुर्गन्धित हुँदै गएपछि फसेका मानिसहरु जीवित रहने आसा समाप्त भएको उद्धारकर्ताहरुले अनुमान गरेका छन् । गन्हाउने शवहरुको निकाल्ने कार्यमा पोख्त ब्रयनले नेपाली सेनाको सहयोगमा बुधवारदेखि नै काम थालेको छ । ५ तले भवनभित्र फसेकालाई उद्धार गर्न सैनिक मुख्यालयबाट उपकरण पनि आउदै गरेको सेनाले जानकारी दिएको छ ।

यसअघि उपकरण अभाव देखाउदै सेनाले पुरिएका मानव उद्धार कार्य स्थगन गरेको थियो । बर्दबहादुर गणका गणपति विश्वासविक्रम शाहले भने, ुअमेरिकी विज्ञ सिंगटी पुगिसकेको छ, सैनिक मुख्यालयबाट स्काइभेटर आउने तयारीमा छ ।ु स्काइभेटर प्राप्त भएपछि घरका ढलान पन्छाएर फसेका शवहरु निकाल्न सजिलो हुने उनले बताए । उक्त उपकरणले अबरुद्ध सडक खोलेर आवागमणसमेत सजिलो पार्ने छ ।

 उद्धारमा खटिएका नेपाली सेना र प्रहरीसहितको टोलीले यसअघि सिंगटी र आसपास गरी २९ जनाको शव निकालिसकेको छ । पहिलो दिनमा त्यहाा मेक्सिकन उद्धारकर्ताहरुले पनि केही मानिसलाई जीवितै उद्धार गरेको थियो ।

प्रहरीका अनुसार करिब १५ वटा शवहरु सिंगटीका घरभित्र र पहिरोभित्र रहेको छ । प्रहरी नायव उपरिक्षक अजय केसीले सिंगटीबाट लामावगरतर्फ र सोरुङतर्फ सडकहरुमा पहिरोले थिचिएकासमेत गरी त्यति शवहरु हुनसक्ने अनुमान छ । सडक खुलाउदै गरेका २ वटा डोजर, राहत बोकेर गएका ट्रक, हाइलक्स, बलेरो र मोटरसाइकलहरु २९ गतेको भूकम्पसागै आएको पहिरोले सोरुङखोलातर्फ पुरिएको छ ।  लामावगरतर्फ पनि बलेरो पहिरोले पुरिएको छ । हालसम्म त्यसक्षेत्रबाट सेना, जनपद र शसस्त्रको उद्धारकर्ताले हालसम्म २९ जनाको शव फेला पारेको छ । १२ जनालाई जीवितै उद्धार गरेको छ ।

सिंगटीबाट लामावगरसम्म २९ किलोमिटर र सिंगटीबाट १० किलोमिटर सोरुङखोलासम्म पहिरोमा पुरिएका मानिसहरुको पनि उद्धार गर्ने तयारी भैरहेको छ । सैनिक मुख्यालय र माथिल्लो तामाकोसीको उपकरणहरुले मानव उद्धार र सडक खुलाउने कार्य तत्काल थालिने जनकारी प्रमुख जिल्ला अधिकारी लामिछानेले दिएका छन् ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment