काठमाडौँ : पूर्व मुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाहको बास भूकम्पपछि टहरामा पुगेको छ । पूर्व राजा ज्ञानेन्द्र शाह भूकम्पपछि नारायणहिटी दरबार परिसरमा आउँदा समेत रत्न जान मानिनन् । नेपालमा गणतन्त्र स्थापना भएपछि राजपरिवारका सबै सदस्यले नारायणहिटी दरबार छोडे पनि रत्नलाई भने सरकारले उनको इच्छा अनुसार त्यही बस्ने व्यवस्था गरेको थियो ।
वैशाख १२ गतेको भूकम्पले नारायणहिटी दरबार परिसरमा रहेको महेन्द्र मञ्जिललाई चिराचिरा पारेपछि रत्न सँगै रहेको टहरामा बस्दै आएकी छिन् ।
रत्न बस्दै गरेको टहरा राजा महेन्द्रले भजन, कीर्तनका लागि निर्माण गरेका थिए । रत्न महेन्द्र मञ्जिल भूकम्पका कारण चिराचिरा परेपछि टहरामा रहेका तबला, हार्मोनियम हटाएर टहरामा बस्दै आएकी छिन् ।
ज्ञानेन्द्रले तीन पटकसम्म आग्रहगर्दा पनि मानिनन्
महेन्द्र मञ्जिल चिराचिरा परेपछि ज्ञानेन्द्रले रत्नलाई तीन पटकसम्म नारायणहिटी छोड्न आग्रह गर्दा समेत रत्न मानेकी छैनन् । ८७ वर्षीया रत्न महेन्द्र मञ्जिल चिराचिरा परेपछि त्यसकै आठको टहरामा दैनिकी चलाइरहेकी छिन् ।
महेन्द्र मञ्जिल भवन राजा महेन्द्र १८ वर्षको छँदा निर्माण गरिएको थियो । मञ्जिल भवनले आठ रेक्टर स्केलसम्मको भूकम्पलाई थाम्न सक्ने बताइएको थियो । तर वैशाख १२ गतेको सात दशमलव आठ रेक्टर स्केलको भूकम्पले मञ्जिल चिरा चिरा परेको छ ।
नारायणहिटी राजदरबारको खाली चौरीमा विभिन्न ठाउँका सर्वसाधारण पसेर त्रिपालमा रात कटाइरहेका छन् । भने रत्नसमेत त्यही दैनिकी चलाइरहेकी छिन् ।
वैशाख १२, १३ र २९ गतेको भूकम्पले नारायणहिटी दरबार परिसरका विभिन्न भवन भत्किएका छन् । केही पूर्ण रुपमा भत्किएका छन् भने केही चिराचिरा भएका छन् भने केही भवनमा सामान्य चिरामात्र देख्न सकिन्छ ।
स्रोतः नयापेज
About Unknown
We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
0 comments :
Post a Comment