English Edition

दुर्घटनामा ज्यान गुमाएका नेपाली सेनाहरु

काठमाडौं,  जेठ ६/ केही दिन अगाडी भूकम्प पीडितको उद्दारका लागि खटिएको अमेरिकी हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सैनिकको नाम सार्वजनिक गरिएको छ । उद्धार तथा राहत ढुवानीको निमित्त खट्टिएको यूस मेरिन क्रोपको यू एच वन वाई ह्यूई अमेरिकी हेलिकप्टर सिन्धुपाल्चोक जिल्लाको घोर्थलीको डाँडाँमा दुर्घटनाग्रस्त भएको थियो ।

हेलिकप्टर दुर्घटनामा दैलेखका स्थानीय बासिन्दा तथा नेपाली सेनाका सह–सेनानी तपेन्द्र बहादुर रावल र दार्चुलाका स्थानीय बासिन्दा तथा युद्धभैरव गणमा कार्यरत जमदार बसन्त तितराको मृत्यु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सह–सेनानी तपेन्द्र वहादुर रावल मिति २०४२ असोज ३ गते दैलेखमा जन्मनु भई मिति २०६१ भदौ ७ गते नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना भई २०६२ भदौ १५ गते सहायक सेनानी दर्जामा कमिशन प्राप्त गर्नु भएको थियो ।

तीक्ष्ण बुद्धि, मिलनसार एवम् पेशामा समर्पित सह सेनानी तपेन्द्रले नेपाली सेनाको बिशेष फौजको नियुक्तिमा रही युद्धभैरव गणमा र शिक्षक अधिकृतको रुपमा नेपाली सैनिक प्रतिष्ठानमा समेत कार्य गर्नु भएको थियो ।

कर्तव्यपालनाको सिलसिलामा मृत्यु भएका जम. बसन्त बहादुर तितरा मिति २०३८ बैशाख २९ गते महाकाली अन्चल दार्चुला जिल्ला शिखर गा.वि.स. वडा नं. २ बारीलमा जन्मनु भई मिति २०५७ बैशाख २० गते नेपाली सेनाको सैन्य दर्जामा भर्ना भई युद्धभैरव गणमा कार्यरत थिए ।

तालिमकै सिलसिलामा काठमाडौं आएका दुबै सैनिक भूकम्पपछि उद्दार र राहतमा खटिएका थिए । अरुको उद्दार गर्न यी दुबै सैनिकको उद्दार गर्ने कोही भएनन् । यसैबीच नेपाली सेनाले कर्तव्यपालनाको सिलसिलामा मृत्यु भएका दुबै सैनिकप्रति समवेदना प्रकट गर्दै परिवारलाई धर्य धारण गर्न कामना समेत गरेको छ ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment