English Edition

बाल्टिमोरमा टीपीएसका बिषयलाइ लिएर व्यापक भेला हुने

अमेरिका / बाल्टिमोरमा 

टीपीएस 

 का बिषयलाइ लिएर व्यापक भेला हुने भएको छ | भेला मे २४ गते हुने आयोजक एच. बी. भण्डारीले द नेपाल टुडेलाई जानकारी दिनु भयो | अमेरिकामा यो बिषयलाई बिशेस महत्वका साथ् हेरिएको छ | अमेरिकी सरकार समक्ष याचिका दायर गर्ने उदेश्यले अनलाइन हस्ताक्षर शुरु गरिएको छ |
"यो सुबिधा पाए भने झन्डै ३० हजार नेपालीले प्रत्यक्ष फाइदा पाउने छन " युवा समाजसेवी भण्डारीले भने | "दुखको बेलामा उनीहरु नेपाल जान पाए भने खुशीको बाताबरण बन्ने छ " भण्डारीले भने ,"ओठमा हाँसो आउने छ, भत्किएका घर मिलेर बनाउने छन "

कसरि शुरु भयो यो कुरा? साथी पुरुषोत्तम ढकालको समाचार :


अमेरिकामा शरण लिएका सबैलाई राहदानी, नेपाललाई टेम्प्रोररी प्रोटेक्ट स्टाटस प्रदान गर्न व्हाइट हाउस सकारात्मक

वाशिंगटन डिसीस्थित नेपाली दूताबासका अनुसार तत्काल नेपाल जान चाहनेहरुका लागि हस्त लिखित राहदानी र अन्यका हकमा मेसिन रिडेबल राहदानी (एमआरपी) निर्माण प्रक्रिया अबिलम्ब सुरु गरिने जनाएको छ । दूताबासका अनुसार अमेरिकाको इष्ट कोष्ट क्षेत्रको लागि वाशिंगटन डिसीस्थित नेपाली दूताबास, न्यूयोर्कस्थित नेपाली नियोगमा रहेको कन्सुलेटको कार्यालय मार्फत र पश्चिम क्षेत्रको लागि क्यालिफोर्नियाको लागि लस एन्जलसस्थित स्थानिय वाणिज्यदूत ऋषि ढकाल मार्फत र अन्य भागको लागि घुम्ती शिबिर मार्फत हस्त लिखित राहदानी र मेसिन रिडेबल राहदानी (एमआरपी) निर्माण प्रक्रिया सुरु गरिने छ । यसै बीच अमेरिकी सरकारले यस अघि प्राकृतिक बिपतमा परेको मुलुकहरुलाई प्रदान गर्दै आएको टेम्प्रोररी प्रोटेक्ट स्टाटस (टिपीएस) अर्थात् अस्थाई संरक्षणको अवस्था माग गरिरहेका हैसियत र कागज पत्र बिना अमेरिकी भूमिमा बासोबास गरिरहेका नेपालीहरुलाई यो सुबिधा प्रदान गर्ने भएको छ । मंगलबार नेपालमा गएको दोस्रो प्रलयकारी महाभूकम्प लगत्तै सोहि साँझ नेपालस्थित अमेरिकी राजदुत पिटर बोडिले अमेरिकी सरकारलाई गरेको पछिल्लो आग्रह पछि व्हाइट हाउस हैसियत र कागज पत्र बिना अमेरिकी भूमिमा बासोबास गरिरहेका नेपालीहरुलाई टेम्प्रोररी प्रोटेक्ट स्टाटस (टिपीएस) अर्थात् अस्थाई संरक्षणको अवस्था प्रदान गर्ने तयारीमा जुटेको हो ।
अमेरिकी भूमिमा बस्ने ठुलो संख्याको हैसियत र कागज पत्र बिहिन नेपालीहरुका परिवार समेत दुई साता अघि गएको प्रलयकारी महाभूकम्प र मंगलबार गएको दोस्रो त्राशदीपूर्ण महाभूकम्पले प्रभावित देशबासी र आफन्तको राहत र उद्धारमा सहभागी हुन इच्छुक हुँदै यस अघि व्हाइट हाउसको ध्यान आकृष्ट गरि टेम्प्रोररी प्रोटेक्ट स्टाटस (टिपीएस) अबिलम्ब कार्वान्यन गराउने हस्ताक्षर अभियानमा जुटेका थिए । यद्यपि यो समाचार तयार गरुन्जेलसम्म व्हाइट हाउस प्रसाशनले अमेरिकी भूमिमा बासोबास गरिरहेका हैसियत र कागज पत्र बिहिन नेपालीहरुलाई टेम्प्रोररी प्रोटेक्ट स्टाटस (टिपीएस) अर्थात् अस्थाई संरक्षणको अवस्था प्रदान गर्ने निर्णय गरिसकेको छैन ।

निबर्तमान अध्यक्ष खगेन्द्र जिसीले गरे सरकारी निर्णयको स्वागत:

स्मरण रहोस यस अघि गैर आवशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिका र संघका निबर्तमान अध्यक्ष खगेन्द्र जिसीले अमेरिकी भूमिमा शरण लिएर बसोबास गरिरहेका सबै हैसियतका नेपाली र तिनका परिवारजनलाई तत्काल राहदानी उपलब्ध गराउन यस अघिनै नेपाल भ्रमण गरी प्रधानमन्त्री सुशील कोइराला र परराष्ट्र मन्त्रालयको ध्यान आकृष्ट गर्दै दवाव मूलक अभियान सुरु गरेका थिए । जिसीले अमेरिका भ्रमणमा रहेका बेला प्रधानमन्त्री सुशील कोइरालालाई पुन: अमेरिकी भूमिमा शरण लिएर बसोबास गरिरहेका सबै हैसियतका नेपाली र तिनका परिवारजनलाई तत्काल राहदानी उपलब्ध गराउन आग्रह गर्दा सरकारले अबिलम्ब अमेरिकी भूमिमा शरण लिएर बसोबास गरिरहेका सबै हैसियतका नेपाली र तिनका परिवारजनलाई तत्काल राहदानी उपलब्ध गराउने सरकारी प्रतिबद्धता प्राप्त भएको भए पनि सरकारले यस बिषयमा कुनै निर्णय गरेको थिएन । यसै बीच संघका निबर्तमान अध्यक्ष खगेन्द्र जिसीले मातृभूमिको यो विपतको घडीमा अमेरिकी भूमिमा शरण लिएर बसोबास गरिरहेका सबै हैसियतका नेपाली र तिनका परिवारजनलाई तत्काल राहदानी उपलब्ध गराउने सरकारी निर्णयको स्वागत गर्दै नेपाली अमेरिकनलाई मातृभूमिको बिपतमा राहतको हात अघि बढाउन आग्रह गरेका छन् । संघका निबर्तमान अध्यक्ष खगेन्द्र जिसीले व्हाइट हाउसको ध्यान आकृष्ट गरि नेपाललाई यो विपतको घडीमा टेम्प्रोररी प्रोटेक्ट स्टाटस (टिपीएस) अबिलम्ब प्रदान गर्न समेत आग्रह गरेका छन् ।


Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment