English Edition

अहिलेकै सरकारलाई राष्ट्रिय स्वरुप दिनुपर्छ : मन्त्री आचार्य

चितवन,जेठ १५ – कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री नरहरी आर्चायले अहिलेकै सरकारलाई राष्ट्रिय सरकार बनाएर राहत र पुनस्र्थापनाको कार्यलाई प्रभावकारी बताउनु पर्ने बताएका छन् । सबै दललाई सुशील कोइरालाबाहेकको नेतृत्वमा नयाँ सरकार बनाउनु पर्ने चर्चा चलिरहेका बेला मन्त्री आचार्यले अहिलेकै सरकारलाई राष्ट्रिय स्वरुप दिनुपर्ने बताएका हुन् ।

 भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै मन्त्री आचार्यले एमाले र एमाओवादीले भनेजस्तो सहमतिको सरकार गठनका कुनै सम्भावना नरहेको र त्यसका लागि छलफल समेत नभएको जिकिर गरे । ‘राहत र पुनस्र्थापनालाई प्रभावकारी बनाउन अहिलेकै सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउनुको विकल्प छैन,’ मन्त्री आचार्यले भने,‘कोइरालाबाहेकको नेतृत्वमा नयाँ सहमतीय सरकार बनाउने बारे अहिलेसम्म छलफल नै भएको छैन ।’ 

अहिलेको समय सरकार फेर्ने भन्दा पनि विपत्को व्यवस्थापन गर्ने भएकाले सबै यसतर्फ केन्द्रित हुनुपर्ने तर्क मन्त्री आचार्यको थियो । उनले अहिलेको सरकारलाई सबै दलको समर्थन भएको दाबी समेत गरे । अहिलेको सरकारलाई सबै दलको समर्थन रहेकाले यो नै सहमतिको सरकार भएको उनको तर्क थियो । मन्त्री आचार्यले मुलुकको पुननिर्माणलाई प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको जानकारी समेत दिए । उनले सरकार निर्माणतर्फ लाग्न भन्दा पनि पुननिर्माणमा लाग्न सबैलाई आग्रह गरे । 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment