
एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले आफ्नो फेसबुक वालमा उक्त खुशियाली प्रकट गर्नुभएको हो |
"हालै नेपाल सरकार मन्त्रिपरिषदले नेपालको भूकम्प प्रभाबित तहस-नहस अवस्थालाई पुनर्निर्माण गर्न सहयोग पुर्याउनको लागि गैर आबसिय नेपाली संघका अन्तरराष्ट्रिय अध्यक्ष शेष घलेलाई बिशेष दूत नियुक्त गरेकोमा गैर आबासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका गौरबताका साथ हाम्रा अध्यक्ष प्रति हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछ।" डा. पौडेलले लेख्नु भएको छ |
डा. पौडेलले यो अवसर प्रदान गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिदै, "त्यसै गरी समय र सान्दर्भिकतालाई आत्मसाथ गर्दै सो जिम्मेवारी गैर आबसिय नेपाली संघलाई दिएकोमा नेपाल सरकारलाई पनि एनआरएन अमेरिका हार्दिक धन्यवाद ब्यक्त गर्दछ !" भन्नुभएको छ |
अमेरिकी नेपालीहरुले सरकारले एनआरएनए प्रति गरेको बिश्वास र घलेले चल्ने कदम प्रति सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्दै डा. पौडेलले लेख्नु भएको छ, "बिगतमा जस्तै एनआरएन भवन निर्माण योजना होस् या भूकम्प राहतकार्यमा होस् यो भूकम्प प्रभाबित पुनर्निर्माण कार्यमा पनि गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका पूर्ण रुपले योग्दान पुराउने छ भन्ने विश्वाश दिलाउदै पून: सम्पूर्ण नेपाली अमेरिकन समुदायको तर्फबाट एकमुष्ठ रुपमा अध्यक्ष शेष घले र हामी एनआरएन सबैलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु ।"
स्मरण रहोस, नेपाली आवासीय महासंघ (एनआरएनए)का अध्यक्ष शेष घलेलाई सरकारले विशेष दूत नियुक्त्त गरेको छ । आइतबार प्रधानमन्त्री निवाश बालुवाटारमा बसेको बैठकले पुननिर्माण कोषमा अन्तराष्ट्रिय सहयोग जुटाउन अध्यक्ष घलेलाई दूतमा नियुक्त्त गरेको हो ।
तस्बिर सौजन्य: बिमल नेपाल
0 comments :
Post a Comment