-एल कार्की-
१) गाडी भाडा
भूकम्पअघि एक दिनको गाडीभाडा रु. ६ हजारदेखि ८ हजार रहेकोमा हाल सबैजसो गैर सरकारी संस्थाले रु. १५ हजारसम्म गाडीभाडा दिएर चलाउन थालेका छन्।
भूकम्पअघि एक दिनको गाडीभाडा रु. ६ हजारदेखि ८ हजार रहेकोमा हाल सबैजसो गैर सरकारी संस्थाले रु. १५ हजारसम्म गाडीभाडा दिएर चलाउन थालेका छन्।
गोरखा बजारमा अन्य पसलेहरुले सामान ढुवानी तथा अन्य कामको लागि ट्रक र जिप पाउन हम्मे परेको छ। पाइ हाले पनि यिनै एनजिओ र आइएनजिओहरुले तिरे बराबर रकम तिर्नुपर्ने बाध्यता छ। यी एनजिओ आइएनजिओहरु सँधै रहने त हैनन् तर गाडी भाडा तथा महंगी छोडेर जाने भए। केही गाडीवाला साहुहरुलाई फाइदा त भएको होला तर सर्वसाधारणले यो सँधै तिर्न सक्लान्?
२) घर भाडा
अर्को समस्या घरभाडा को हो। रु.२ हजारदेखि ३ हजारसम्म पर्ने कोठा भाडा हाल रु. ८ हजार पुगेको छ। ३ — ४ कोठा भएको फल्याट को रु. २५ हजारदेखि ३० हजारसम्म दिइरहेका छन्।
अर्को समस्या घरभाडा को हो। रु.२ हजारदेखि ३ हजारसम्म पर्ने कोठा भाडा हाल रु. ८ हजार पुगेको छ। ३ — ४ कोठा भएको फल्याट को रु. २५ हजारदेखि ३० हजारसम्म दिइरहेका छन्।
घरबेटीले डेरावाल निकाल्ने मात्र नभई आफै टहरा बनाई घर नै भाडामा दिने क्रम बढ्दो छ। जग्गा भएका त टहरामा जालान् डेरावाला कहाँ जाने?
३) खेतबारी बाँझै
डलरले गोरखा बजारमा हरियाली बढाएको छ। धेरै नेपालीको हातमा डलर देखिन्छ। लाग्छ नेपालीले नेपालमै डलर कमाउन थालेका छन्। तर खेतबारी त बाँझै देखिन्छ। गोराको डलरले नेपाली अल्छीको पाटे हुने भए।
डलरले गोरखा बजारमा हरियाली बढाएको छ। धेरै नेपालीको हातमा डलर देखिन्छ। लाग्छ नेपालीले नेपालमै डलर कमाउन थालेका छन्। तर खेतबारी त बाँझै देखिन्छ। गोराको डलरले नेपाली अल्छीको पाटे हुने भए।
यस्तो चरम महँगी बढाउँदा पनि प्रशासन कानमा तेल हालेर बसेको छ। गोराको पैसा हो सकेको बेलामा र पाएको बेलामा खाँदा फरक पर्दैन भनेर होला। तर सरकार, गोरा त सँधै बस्दैन होला? बसे पनि नेपालीले उनीहरु जति रकम तिर्ने औकात राख्दैनन् होला। कि सरकारले नेपालीको औकात बढाइदिने हो? कि गोरखामा गोरा आएपछि नेपाली बस्नै पर्दैन?
गाडीभाडा र घरभाडामा बेलैमा निगरानी नगरे भूकम्पले भन्दा धेरै मान्छे पाल र टहरामा पुग्नेछन्। अनि नेपाल पाल नै पाल को देश हुनेछ है।
साभार: माईसंसारडटकम
0 comments :
Post a Comment