English Edition

दलहरुको १६ बुदे सहमति र हाम्रो दायित्व


 गत हप्ता हाम्रा राजनितिक दलहरुबाट भएको १६ बुदे सहमति के साचिकै राष्ट्रको हित उन्नतिमा भएको हो वा आफ्नो कुर्सिको  लागि भएको सम्झौता ? त्यो त भविष्यले प्रमाणित गर्नेछ नै खयर जे होस् बौलाउनुभन्दा गाइरहनु बेस भने  झैँ  लामो १० बर्षे जनयुद्ध त्यसपछिको झन्डै १० बर्षे  राजनीतिक सक्रमण गरि करिब करिब २० वर्ष नेपालको आकासमा राजनीतिक कालो बादल मडारिरह्यो भन्दा कुनै अपसोच नहोला | किनकि यो बिचमा धेरै  बिकास निर्माण सम्भब थिए, राजनीतिक ,आर्थिक सामाजिक रुपान्तरण  एबम परिबर्तनको  कल्पनाहरु पुराहुन सक्थे तर राजनीतिक दलहरुको आन्तरिक खिचातानी,गुट र फुट, अनि अहमताले राजनीतिक दलहरुलाई एउटा  सिमित घेरा भित्र बन्दी बनायो| को भन्दा को कम भने झैँ एक आपसमा गालि गलौजमा उत्रिय र समय बर्बाद भयो ! मुख्यत: राष्ट्र  र जनाताको आवस्यता भन्दा माथिको अनावस्यक बिषय बस्तुले प्रसय पायो जसका कारण हुन लागेको सहमति बन्न लागेको नेपाल बिचैमा तोडियो  त्यस्ताकुरा पछाडी  कतिहामीले बुझेउ बजेनौ र अरुलाई  बुजाउन सकेनौ त्यो एउटा पाटो भोलिका दिनले निर्धारण गर्ने नै छ ! परन्तु बर्सौ सम्म नेपलली राजनीतिमा परेको गाठो फुकाउने प्रयास यो१६ बुदे सहमति बाट हुने संकेत देखिएको छ !  तर यति लामो समय  हाम्रो आवाज रास्ट्रीय एकताको लागि  थियो देस निर्माणका लागि थियो साथै सम्पन्न नेपाल बनाउनु नै  थियो भने त्यो आवाज र खबरदारी गर्ने हामि नेपाली  किन विभाजित भयौ मतलब  सबै पेसा कर्मी,राजनीतक सगठनहरुको उदेस्य नै १६ बुदे सहमतिमा रहेछ त आखिर किन हामि विभाजित भएर हिड्न थालेउ अनि यो सहनती हुनुमा  के राजनीतिक युद्धको नाउमा मारिएका (१४००० )  चौध हजार निर्दोस नेपाली जनता र दैबी विपति(भुकम्प ) बाट मरेका (८५००)आठ हजार पाच हजारको  बलिदान नै राजनीतिक दलहरुले कुर्नु पर्नु परेको हो ! यी प्रस्नको जफाफ आज नेपाली जनताका मनले खोजेको छ  |

आगामी कार्यभार :

 सहमतिको मिलन भए संगै अबको नेपाल र नेपाली जनताले पकै एउटा नया आसा मागेको छ त्यो हो कानुनी राज्य जुन संयन्त्र बलियो नहुदा प्रसासनिक झन्झट र दुरुपयोग सामाजिक सदभाब राजनीतिक स्थाइत्वो कायम गर्न नेपालले  सकिरहेको छैन र अब बन्य सम्भिधान पनि कुनै त्यो जादुको छडी पनि होएन त्यो बुज्नु बुजाउनु जरुरि  छ ! र जति पनि यो बिचमा जनता सामु गरको बाचा छन् अब सबै बास्तबिकतामा उतार्नु दलहरुको मुख्य जिम्यद्वारी हुन जान्छ !अर्को सासकीय प्रणालीले कस्तो रुप पाउने हो त्यसको अर्थ जनता लाइ स्पस्ट  गराउनु  काम दलहरुकै काधमा आइपरेको छ  र अलि समस्या आउने काम भनेको प्रदेस हो जुन कुराहल गर्न राजनीतिक सामाजिक दुवै दबाब दलहरुले झेल्नु पर्छ नै  किनभने बर्सौ  सम्म सिंगो नेपालमा बसी रहेका नेपालीजनता अखण्ड नेपाल पकै स्वीकार्य हुदैन यो कुरा दल हरुले बुज्नु जरुरि छ ! तस्तै बाकि रहेका हिजोका राजा बादी सक्ति र साना दल हरुलाई मिलाउनु बाकि नै छ यो सबै ठिक तरिकाले समाधान भएन भने अर्को सम्भिधानको खोजि नहोला भन्न अबस्य सकिन्न आन्तरिक एकताको नाउमा भएको यो  सहमतिले बास्तबिकता र राजनीतिक एकताको पालुवा पलाओस !
(खड्का हाल अमेरिकाको बाल्टिमोरमा बस्छन र राजनीतिमा रुचि राख्छन )
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment