एजेन्सी, असार १२ / जर्मनी र अमेरिका महिला विश्वकप फुटबलको सेमिफाईनलमा प्रवेश गरेका छन् । क्यानडामा जारी प्रतियोगिताको शनिबार बिहान सम्पन्न खेलहरुमा फ्रान्सलाई पराजित गर्दै जर्मनी तथा चीनलाई पराजित गर्दै अमेरिका सेमिफाईनलमा प्रवेश गरेका हुन् ।
जर्मनीले फ्रान्सलाई टाईब्रेकरमा ५–४ गोलले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो ।
त्यसपछि अन्तिम निर्णयका लागि खेलाइएको टाईब्रेकरमा फ्रान्सकी क्याइरे लाभोगेज चुकेपछि जर्मनीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
त्यस्तै शनिबारै बिहान सम्पन्न अर्को खेलमा अमेरिकाले चीनलाई १–० गोलले पराजित गरेको छ । दुवै टिमले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए ।
तर दोस्रो हाफ सुरु भएको छैटौँ मिनेटमा अमेरिकाकी लोइडले गरेको गोल नै निर्णायक भएपछि चीन हार स्वीकार्न बाध्य भयो ।
प्रतियोगिताको फाईनल प्रवेशका लागि मंगलबार जर्मनी र अमेरिका पहिलो सेमिफाईनलमा भिड्ने छन् ।
0 comments :
Post a Comment