English Edition

पश्चिममा बाढी र पहिरोको त्रास

पश्चिममा बाढी र पहिरोको त्रास
  36  36  0
पश्चिममा बाढी र पहिरोको त्रास
काठमाडौ । अविरल वर्षापछि आएको बाढीका कारण पश्चिम क्षेत्रको जनजीवन प्रभावित भएको छ । दुइदिनदेखि निरन्तर परेको बर्षाका कारण महाकाली तथा दोदा नदीमा पानीको बहाब बढेपछि नदि किनारमा बासोबास गर्दै आएका बासिन्दा त्रासमा छन् । यस्तै अविरल बर्षाका कारण पहाडी क्षेत्रमा पहिरोको जाखिमपनि बढेको छ ।
कञ्चनपुरका महाकाली र दोदा नदीमा पानीको बहाव खतराको बिन्दुभन्दा माथि बग्न थालेपछि उच्च सतर्कता अपनाइएको छ । नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन लगाइएको छ । महाकाली नदीमा पानीको बहाव दुई लाख क्यूसेक भन्दा माथि पुगेपछि सीमा पुल वनबसाको आवागमन बन्द गरिएको छ ।
नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सम्भावित बाढीको खतराबाट सुरक्षित क्षेत्रमा सार्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई त्यसतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अभिनारायण काफलेले बताए । जल तथा मौसम विभाग फिल्ड कार्यालय अत्तरियाका अनुसार कञ्चनपुरमा आज एक सय ७५ मिलिमिटर वर्षा भएको छ ।
यस्तै महाकाली नदीमा आएको बाढीले दार्चुला जिल्ला सदरमुकाम खलंगाका तीन घर बगाएको छ । अपी नगरपालिका–११ बंङ्गाबगडका गणेश सिंह बोहरा, हर्क सिह महरा र गजैसिह महराको घर बाढिले बगाएको हो । 
त्यसैगरी सोही स्थानमा रहेको कैलाशपति निमावि छाङ्गरु र ब्यांस गाविसको भवन लगायत एक दर्जन भवनहरु पुर्णरुपमा जोखिममा रहेका छन । नदीको सतह बढिरहेकाले जोखिम बढेको भन्दै कैलाशपति निमावि तीन दिनका लागि बन्द गरिएको छ ।
पानीको बहाब बढेसँगै शारदा ब्यारेजमा रहेको वनबासा पुलमा सवारी–साधनमा रोक लगाइएको छ ।नदीमा पानीको सतह बढेपछि तटबन्ध निर्माण कार्य पूर्ण रुपमा प्रभावित भएको छ । नदीमा पानी बढेसँगै ठेकेदारहरुले आफ्नो निर्माण सामग्रीहरु सुरक्षित स्थानमा सारेका छन ।
यसैगरी पाँच घन्टासम्म निरन्तर परेको मुसलधारे पानीका कारण बाँकेको नेपालगञ्ज जलमग्न भएको छ । घरहरु डुबानमा पर्दा पश्चिम क्षेत्रको मुख्य शहर नेपालगञ्जको जनजीवन अस्तव्यस्त बनेको छ । दुइदिनदेखि लगातार पानी पर्नुका साथै गएराती पाँच घन्टासम्म मुसलधारे पानी परेको थियो । 
त्यहाका विपि चोक, गणेशपुर, भृकुटीनगर लगायतका स्थान डुबानमा परेको स्थानीयबासीले बताएका छन् । अहिले डोजर लगाएर पानी निकास गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । नेपालगञ्ज जलमग्न भएपछि बर्दियामा पनि उच्च सतर्कता अपनाइएको छ।
यस्तै कैलालीमा पनि दुई दिनदेखिको मनसुनी वर्षासँगै सम्भावित बाढी र डुवानको खतराबाट जोगिन सतर्कता अपनाइएको छ । जिल्ला प्रशासन कार्यालय कैलाली अन्तर्गत बनेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जिल्लावासीलाई वर्षाका कारण सम्भावित बाढी डुवान र पहिरोको खतराबाट सजग रहन आग्रह गरेको छ ।
 केन्द्रले सुरक्षा निकाय, स्थानीय विपद् व्यवस्थापन समिति र कार्यदल, रेडक्रस सोसाइटीको सम्पूर्ण शाखा र विभिन्न सङ्घसंस्थालाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ । बुधबार रातिदेखि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको कारण कैलाली जिल्लाको फुलवारी, पवेरा रतनपुरलगायतका क्षेत्रमा वर्षाको पानी जमेपछि आवागमनमा कठिनाइ भएको छ ।
प्रतिकात्मक तस्विर

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment