English Edition

प्रधानमन्त्री र राष्ट्रपति पदको लोभ छैन : नेपाल


प्रधानमन्त्री र राष्ट्रपति पदको लोभ छैन : नेपालभैरहवा । नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले व्यक्ति परिवर्तनका लागि मात्रै हुने सरकार परिवर्तनले जनतालाई खासै फरक नपर्ने बताएका छन । संविधान निमार्ण पछि एमालेको सरकारको विषयमा समेत अनभिज्ञता प्रकट गर्दै नेता नेपालले जनताले सेवा सुविधा नपाउने सरकार कौवालाई वेल पाक्यो हर्ष न विस्मात जस्तै भएको टिप्पणी गरे ।
नेकपा एमाले रुपन्देहीले भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले पार्टि भित्र व्यक्ति वादी प्रवृती हावी हुंदै गएको र यसले पार्टिलाई दीर्घकालीन रुपमा असर पार्ने बताएका छन । संविधान निमार्ण पछि बन्ने भनिएको एमालेको सरकारबारे पत्रकारको जिज्ञासामा नेता नेपालले आफु नत प्रधानमन्त्री नत राष्ट्रपति कै लागि ईच्छुक भएको प्रतिकृया दिए ।
नेता नेपालले दलहरुले राजनीतक गफ छोडेर पुर्ननिमार्णका लागि लाग्नु पर्नेमा जोड दिए । भुकम्प पछि नेपालले भ्रष्टाचार रहित,दहे राजनीतक ईच्क्षा शक्ति भएको नेतृत्व खोजेको बताउदै भुकम्प पछि सरकारले एकिकृत बस्ति विकासका लागि पहल गर्न सरकार संग आग्रह गरे ।
नेता नेपालले संविधान निमार्णमा कसै न कसैले कुनै न कुरा छाड्नु पर्ने अवश्था रहको बताउदै समझदारी कायम गरेर छिटो भन्दा छिटो संविधान जारी गर्नु पर्ने बताए भनेर लुम्बिनी टाईम्सले प्रकाशन गरेको छ|
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment