
मुरारकालाई लहान उद्योग वाणिज्य संघले प्रस्ताव गरेको हो। राजकर्णिकारलाई नेपाल विज्ञापन संघले प्रस्ताव गरेको हो। राणालाई गुलरिया उद्योग वाणिज्य संघको प्रस्तामा अध्यक्ष पदमा उमेदवारी दर्ता गरेकी हुन्।
मुरारकाले सबैभन्दा पहिला उमेदवारी दर्ता गराएका थिए। राणालाई उपाध्यक्षद्धय दिनेश श्रेष्ठ र किशोर प्रधानको समर्थन रहेको छ भने मुरारकालाई अर्का उपाध्यक्ष शेखर गोल्छासहितको समूहको समर्थन रहेको छ।
अध्यक्ष प्रदिपजंग पाण्डे ३२ वर्ष पुरानो भ्रष्टाचार मुद्धामा कैद भुक्तान गर्न बाँकी अवधिको लागि जेल चलान भएपछि रिक्त पदमा अर्को निर्वाचन हुन लागेको हो । महासंघको अध्यक्षका लागि असार १८ गते निर्वाचन हुदैछ ।
उम्मेद्वारी दर्ता गर्ने अन्तिम समय १७ गते शनिबार ५ बजे सम्मका लागि तोकिएको थियो । महासंघको इतिहासमा पहिलो पटक अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउने राणा पहिलो महिला हुन् । महासंघका पूर्वअध्यक्षहरुले नेतृत्वको लागि सर्वसम्मत गर्ने प्रयास जारी राखेका छन् ।
0 comments :
Post a Comment