English Edition

अपशब्द बोलेको भन्दै सर्वसाधारणले समाते ऋषि धमलाको कठालो



काठमाण्डु, १८ जेठ– रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला ठगी र महिलाका अगाडि अपशब्द बोलेको आरोपमा पक्राउ परेका छन् । 

एरिना क्लब बुटवलका पदाधिकारीले मंगलबार रकम ठगी गर्न खोजेको आरोपमा नियन्त्रणमा लिएर धमलालाई प्रदर्शनीमार्गस्थित महानगरीय प्रहरी सहायता कार्यदलमा बुझाएका थिए । प्रहरीको रोहबरमा सार्वजनिक रुपमा माफी मागेपछि धमलालाई छाडिएको क्लबका अध्यक्ष आशिष सुवेदीले काठमाण्डु टुडेलाई बताए । 

आफूहरुले पत्रकार सम्मेलनका लागि समय लिएकामा धमलाले अर्कै कार्यक्रममा उपस्थित गराउर भिडका रुपमा प्रयोग गरेको र १० हजार रुपैयाँ मागेपछि विवाद भएको सुवेदीले बताए । सुवेदीले भने, ‘हामीलाई पत्रकार सम्मेलनका लागि १२ बजेको समय दिइएको थियो । तर एक बजेसम्म कुराएर पछि अर्कै कार्यक्रममा पत्रकारका रुपमा सहभागी गराए र १० हजार रुपैयाँ माग्नुभयो ।’ पत्रकार सहभागी नभएको कार्यक्रमबापतको पैसा नदिने बताएपछि धमलाले छाडा शब्दले गालीगलौज गरेको आरोप लगाए । 

‘धमलाजी महिलाहरुका अगाडि अपशब्द प्रयोग गरेर गालीगलौजमा उत्रिनुभयो’, सुवेदीले भने, ‘हामीले प्रहरीको जिम्मा लगाउन खोजेपछि गल्ती भएको भन्दै सार्वजनिक रुपमा माफी माग्नुभयो ।’ भूइँचालोका कारण पुतलीसडकस्थित कार्यालय बस्न नमिल्ने गरी भत्किएपछि धमलाले रिपोर्टर्स क्लब भृकुटीमण्डपमा पालमुनि सञ्चालन गर्दै आएका छन् ।


श्रोत: काठमन्डु टूडे 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment