English Edition

सन्फ्रान्सिस्कोमा सामूहिक पूजा ।

सन्फ्रान्सिस्को, में ३१,२०१५ माँ सन्फ्रान्सिस्को स्थित ईस्टवे सन्पाब्लोमा सामूहिक पूजा सम्पन्न भयो । बिहान १० बजे देखि शुरू रूद्रीवाट भएको पूजा बेलुका ६ बजे सत्यनारायणको पूजाबाट समापन गरिएको थियो ।            

 उक्त सामूहिक पुजामा सम्पूर्ण भक्तजनहरूले नेपालमा गएको महा-विनाशकारी भूकम्पवाट अकालमा परी मृत्यु हुने सम्पूर्ण आत्माको चीर शान्तिको कामना गर्दै "विश्व शान्ति कल्याणार्थ क्षमा पुजन" भन्ने सनातन मन्त्रका साथ पूजा सम्पन्न गरेको जानकारि कर्ता सर्बज्ञ वाग्लेले दिए ।                                                 
गुरू बासुदेव वाट बाचन भएको सत्यनारायणको पुजा कली युगमा मानिस सँग भएको थोरै समय,थोरै दान,थोरै दुखवाट धेरै धर्म,धेरै लाभ र धेरै समुहसँगै मिलेरै गर्न मिल्ने अति उपयोगि भएको जानकारी गुरुले दिए । सामूहिक रूपमा भजन गाउँदै पूजा गर्दा सन्फ्रान्सिस्कोमा पनि ठूलो भूकम्प आउने हल्लासँगै डराएका भक्तजनहरूले कहीँ कतै नआओस भनि प्रार्थना गरेका थिए । 

अमेरिकामा हिन्दु पूजा सामग्री वर तथा पीपलका रूख मठ मंदिर,अर्गानिक गहँुत तथा गोवर सजिलैसँंग उपलब्ध हुने जानकारि पनि कर्ता रामबाबु लुइटेलले दिए ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment