English Edition

' सिस्नोपानी मल्हमपट्टी ' अभियानमा डाक्टर र कलाकार

लामो समय देखि पिडितको सेवामा समर्पित डाक्टर रविन्द्र समीरको फेसबुक जस्ताको तस्तै 

४० वटा निशुल्क शिबिर पश्चात " सिस्नोपानी मल्हमपट्टी " अभियानमा हामी सिन्धुपाल्चोक र काभ्रेमा गयौं ! चर्चित कलाकार मनोज गजुरेल, जनगायक जीवन शर्मा, व्यंग्यकविहरु लक्ष्मण गाम्नागे, अर्जुन पराजुली, टंक आचार्य, गायक कोमलिकान्त भेटवाल,राजु अधिकारी, आयरल्याण्डका २ जना नर्स लगायत पत्रकार मित्रहरु पनि उक्त कार्यक्रममा सामेल हुनुहुन्थ्यो !

उहाँहरुको दमदार प्रस्तुतिको कारण हजारौं भूकम्पपिडित तथा सुरक्षाकर्मीहरुले भरपुर मनोरंजन, आत्मबल तथा बाँच्ने र हाँस्ने हौसला प्राप्त गर्नुभयो !
मनोपरामर्श तथा घाइतेलाई उपचारमा म लागें ! एकमहिनासम्मको गाउँगाउँमा निशुल्क स्वास्थ्य शिबिरबाट थकित म, उहाँहरुको बेजोड प्रहशन, गित तथा कविताको कारण पुरै जोश/ जाँगर बोकेर फर्किए !


भीमकाली गण, मेलम्ची, खाडीचौर र पांचखालबाट सुरु भएको यो अभियान देशभर पुगेमा पिडितहरुलाई आत्मबल, आत्मस्वाभिमान तथा नयाँ उर्जा दिनसक्छ भन्ने मेरो विश्वास छ !


सबै एक से एक हुनुहुन्छ तर मनोज गजुरेलको प्रस्तुति यति प्रभावकारी छ कि उहाँले हाँसेर स्वाभिमानपूर्बक बाँच्ने कला पिडितकै मनभित्र पसेर दिन सक्नुहुन्छ !
सेतो कोट लगाउने डा. गनोज मजुरेल हुनुहुन्छ ! उहाँ मनोज परामर्शको आविष्कारक हुनुहुन्छ !


Rabindra Sameer's photo.
Rabindra Sameer's photo.
Rabindra Sameer's photo.
Rabindra Sameer's photo.
Rabindra Sameer's photo.

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment