बाल्टिमोर / एनआरएन अमेरिकाको नव निर्बाचित कार्य समितिको पहिलो औपचारिक बैठक मेरील्याण्ड राज्यको बाल्टिमोर शहरमा यहि जुन १३ गते शनिबार हुने भएको छ | सो अवसरमा स्थानिय समुदायसंग बृहत टाउन हल बैठक पनि गर्ने एन आर एन अमेरिकाले जनाएको छ | उक्त बैठकलाई भब्य र ब्यबस्थित बनाउनको लागि मेरिल्याण्डमा सक्रिय सामाजिक र राजनीतिक संघ संस्थाहरुले ऐक्यबद्धता जाहेर गरेका छन् | बुधबार बाल्टिमोरको लुम्बिनी रेष्टुरेन्टमा भेला भएको थियो | उक्त भेलाले सबै संघ संस्थालाई समेटेर कार्यक्रम गर्ने निर्णय गरेको छ |
भेलाले एनआरएन मेरिल्याण्डका अध्यक्ष जेदु पोखेरेलको संयोजकत्वमा मेरिल्याण्डका सबै संस्थाहरु सदस्य रहेको कार्यक्रम तयारी समिति गठन गरेको छ | साथै उक्त भेलाले समाजसेवी अर्जुन हमाल संयोजक रहेको आर्थिक समिति गठन गरेको भेला संयोजक जेदु पोखेरेलले द नेपाल टुडे लाई बताउनुभयो | आर्थिक समितिमा नेत्र के. सी. र सरोज पुरी सदस्य रहनु भएको छ | साथै भेलाले एनआरएनका संस्थापक उपाध्यक्ष तथा बरिष्ठ समाजसेवी डा. श्याम कार्कीलाई कार्यक्रम सल्लाहकारको जिम्मा दिईएको छ | कार्यक्रम बाेड अफ डाइरेक्टर शिबराज पाैडेल र शुसिल रेग्मीकाे सकृयतामा हुन लागेकाे हाे ।
कार्यक्रमका अमेरिकाका लागि नवनियुक्त राजदुत डा. अर्जुन कार्कीलाई स्वागत गर्ने कार्यक्रम रहेको भेला संयोजक जेदु पोखेरेलले द नेपाल टुडे लाई बताउनु भयो | सोही दिनमा अमेरिकाको लागि नव नियुक्त राजदूत डा. अर्जुन कार्कीको प्रमुख आतिथ्यमा नेपाली मुलको अमेरिका मैं पहिलो मेरिल्याण्ड को Indian Head नगरको नव निर्बाचित उप-नगर प्रमुख किरण सिटौला र अमेरिकी राष्ट्रपती ओबामाबाट नव नियुक्त पहिलो नेपाली मुलकी महिला (Asian and Pacific Islander Advisor to President of United States Barack Obama ) संजीता प्रधानलाई सम्मान गर्ने कार्यक्रम समेत भएको कोअर्डीनेटर सर्बज्ञ वाग्लेले बताउनु भयो | यस अघि वाग्लेले एक प्रेस बिज्ञप्ति जारि गर्दै मेरिल्याण्ड, भिर्जिनिया, वाशिंगटन डिसी, डेलावर र पेन्सिलभेनियामा बसोबास गर्नुहुने संपूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितीको लागी हार्दिक अनुरोध गर्नु भएको थियो।
कार्यक्रममा उपस्थित सबैलाई उपहार प्रदान गरिने छ | टाउन हल बैठकमा एनआरएनको आगामी कार्यक्रमका बारेमा व्यापक छलफल हुने र दुई बर्षे कार्य तालिका निर्माण गरिने कुरा एनआरएन उपाध्यक्ष रविना थापाले बताउनु भयो |

0 comments :
Post a Comment