जापानमा युनिभर्सिटि अफ ईकोनमिक्सका विद्यार्थीहरु द्वारा सोमवार टोकियो स्थित नेपाली दूतावासमा एक समारोहवीच नेपाली राजदूत डा. मदनकुमार भट्टराईलाई ३३लाख ९८ हजार ४०६ जापानी येन हस्तान्तरण गरेका छन |
नेपालका भुकम्प पिडीतहरुको सहयोगार्थको लागि विश्वविद्यालयमा अध्ययनरत नेपाली प्राध्यापक तथा विद्यार्थीहरुको पहलमा टोकियोको सिवुया, फुकुओका तथा कोवेका विद्यार्थीहरुले सहयोग रकम संकलन गरेको प्राध्यापक सोममाया गुरुङले बताउनुभयो ।
रकम हस्तान्तरण समारोहमा विश्वविद्यालयका जापानी प्रतिनिधि सहित नेपाली विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।
0 comments :
Post a Comment