![]() |
फोटो फेसबुकबाट |
अमेरिकाको टेक्सासमा बुधबार बिहान एक नेपाली महिलाको गोली हानी हत्या भएको छ।
टेक्सास राज्यको डेन्टनमा आफ्नै घर नजिकैको कोलोनीमा व्यापार गर्ने समिरा शिवाकोटीको बुधबार आफ्नै पसल (7400 Main Street) मा एक व्यक्तिले गोली हानी हत्या गरेको हो।
उक्त व्यक्तिको अनुहार टेलिभिजनमा अनुहार देखिएको छ तर प्रहरीले पहिचान र पक्राउ गर्न सकेको छैन | स्थानीय समय अनुसार बिहान करिब ११ बजे शिवाकोटीको गोली हानी हत्या भएको हो।
समीरा र उनका श्रीमान नवराज शिवाकोटीले बिगत चार बर्षदेखि सञ्चालन गरेको स्टोरमा बसिरहेको बेला उनको हत्या भएको हो। ३० बर्षिया उनका एउटा ३ बर्ष र अर्की ९ महिनाकी दुई छोरीहरू छन्।
हाल उनको शब पोष्टमार्टमका लागि फोर्टवर्थ पोष्टमार्टम सेन्टरमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको अनुहारमा गोलि लागेको छ।
कालो कपडामा आएको हत्याराले टाउकोमा सेतो फेटा बाँधेको पसलको सिसिटिभि क्यामेरामा देखिएको छ। लुटेराले बन्दुक निकाल्दै गरेको अवस्थाको भिडिओ स्थानीय टेलिभिजनले प्रसारण गरेको छ | हत्याराको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दाले सिवाकोटी दम्पति अति नै अशल परिवार रहेको भन्दै दू:ख ब्यक्त गरेका छन |
0 comments :
Post a Comment