English Edition

हामी कतिन्जेल मागिरहने -सौगात संघर्ष


shaugat_article
आजकाल भुकम्पको अवसरपारी सरकार र नेतालाई गाली गर्न खुब सजिलो भएको छ । यो बेला  भत्किएको भग्नावशेषमा गएर उत्ताउलो सेल्फी हान्दै सरकार र दलका नेतालाई गाली गर्नेहरुको बिपक्षमा केहि बोल्नु पर्ने छ । जतिवेला बस्तिहरु चिहानघाटमा रुपान्तरण भएको थियो । त्यो बेला उनिहरुको काम भनेको सामाजिक संञ्जालमा बसेर सरकार र पार्टीका नेताहरुलाई गाली गर्ने थियो । उनिहरुलाई लाग्यो उद्दार गर्ने काम भनेको सरकारको र नेताको मात्र हो । दिनभर ग्यालेक्सी को एडभान्स भर्सनमा स्टाटस अपडेट र ट्विट हानेर बेलुकीपख हातमा दुईचार तोलाका सुनका सिक्रि र वाला लगाएर राहत थाप्नका निम्ती अग्रपंक्तिमा उभिनु उनिहरुको दैनिकी थियो । जो त्यो बेला पनि ढलेको सिन्को नभाँचि नेता र सरकारलाई गाली गर्दै राहत थाप्न बसेका थिए ,उनिहरु प्रति समर्पित ।  सधै नेपाललाई भारतको गुलाम भएको आरोप लगाउने युवाहरु राष्ट्रियताको नारा लगाउदै डिभी भर्ने लाईनमा लामबन्द भएजस्तै राहत बितरणमा भारतको ज्याजदी ज्यादा भयो भन्दै चिच्याउनेहरुले आफ्नो स्वाभिमानलाई दुईचार थान चाउचाउ र त्रिपालमा धरौटी राखेको बेला आफ्नै धोती फुत्किएको थाह पाएनन् । कारण उनिहरुमा सित्तैमा पाएपछि खानुपर्छ भन्ने मानसिकताले घर गरेको थियो । पुरानो उखान छ नि अलकत्रा आएर मट्टितेलले मुख खोकल्ने ।

हाम्रो जन्मनै गाली संस्कृतीबाट भयो । गाली गर्नुलाई हामीले धर्म सम्झियौँ र बारम्बार गालिगरिरह्यौँ । भुकम्प गएको दिनबाट नै पिडितसँग दुख साट्दै हिडेका नेताहरु बाबुराम भट्टराई,माधब नेपाल,अग्नि सापकोटा र गगन थापा सामाजिक संजालमा सबै भन्दा बढि आलोचनाको पात्र बने

अस्तिताका हो गोर्खाको जिल्ला प्रशासन कार्यालयमा पुगेको थिए । सिडियो लगायतका उच्च तहका अधिकृतहरु छेकम्पारमा जस्ता र राहत सामाग्री आवश्यक पुर्याउन नसकिएको भन्दै गाविस सचिवलाई थर्काईरहेका थिए । बरा उनिहरु सुचनाबाट धेरै टाढा रहेछन् । उनको सुचना संयन्त्र देखेर खुब दया लागेर आएको थियो । छेकमबारबासीहरु भत्किएको घरहरु उठाएर, भत्किएका मनहरु टालेर खर्कतिर यार्सा टिप्नका लागि लागिसकेका थिए । यता सरोकारवालाहरु राहत सामाग्री भनेजति पुर्याउन नसकेको भन्दै खुईया–खुईया गर्दै थिए । भग्नावशेषबाट उठेर सामान्य जनजिवनतिर फर्कने छेकम्पारबासीलाई सलाम ! त्यसको केहि समयमा नै गोरखा नगरपालिका पुग्दा एकहुल मान्छेहरु हुलहुज्जत गर्दै चौरमा कार्यलय बनाएर बसेकी कार्यकारी अधिकृतसँग राहत नपुगेको गुनासो गरिरहेका थिए । आठदश वटा बाईकमा राहत पुगेन भनेर दवाब दिन नगरपालिका पुगेका युवाहरुको मगन्ते मानशिकता देखेर खुब दया लागेर आयो । गोरखाको उत्तरी गाविस छेकम्पार जहाँ अहिलेसम्म सडक पुगेको छैन । मान्छे हिडडुल गरेर बजार आउने बाटो समेत पहिरोले पुरिएको छ । त्यहाँका बासिन्दाहरु भुकम्पको पिडालाई भुलेर सामान्य जिवनमा फर्किसके यता गोरखा बजार नजिकका मान्छेहरु हातमा सुनका बाला लगाएर राहतका लागी नगरपालिका धाईरहेका थिए । देशका नेतालाई सधै मगन्ते भयो भन्दै गफ हान्नेहरुको मगन्ते मानसिकतालाई देखेर कुरीकुरी भन्न मन लागिरहेको थियो ।

हाम्रो जन्मनै गाली संस्कृतीबाट भयो । गाली गर्नुलाई हामीले धर्म सम्झियौँ र बारम्बार गालिगरिरह्यौँ । भुकम्प गएको दिनबाट नै पिडितसँग दुख साट्दै हिडेका नेताहरु बाबुराम भट्टराई,माधब नेपाल,अग्नि सापकोटा र गगन थापा सामाजिक संजालमा सबै भन्दा बढि आलोचनाको पात्र बने । हुन त हाम्रो तिर हिड्ने गोरुको पुच्छर निमोठ्ने पुरानै चलन हो क्यारे ? बाबुरामले ढुङ्गा फाल्दा ,गल उचाल्दा नाटक पार्यो भन्नेहरुले कहिल्यै पनि ढुङ्गा समाएनन् ,गल उचालेनन् बरु घन समातेर हानिरहे बाबुरामको टाउकोमा हामीलाई सुरुवाटै राम्रो फुलहरु चुडालेर फाल्ने  संस्कार जो सिकाईएको छ । उत्ता गगनले प्रचारका लागी काम गर्यो भनेर गनगन गर्नेहरुले फेसबुक , ट्विटरमा प्रतिशोत ओकलीरहदा उनि टहरा बनाईरहेका हुन्थे । निरन्तर जनताकोमा गएर काम गर्ने बाबुराम , माधब ,अग्नि र गगनहरुलाई बेईमान र ढलेको सिन्को नउठाउनेहरुलाई सामाजिक संजालमा बसेर गाली गर्दैमा ईमान्दार बनाउन हामीलाई भ्याई नभ्याई थियो ।

काट्नुपर्नेछ पाकेका धानहरु ,गोड्नुपर्नेछ मकैहरु र बनाउपर्नेछ घरहरु ,बगाउनुपर्ने छ पसिना र फर्कनुपर्नेछ सामान्य जिवनतिर

महाभुकम्प गएको पनि दुई महिना पुग्न लागिसकेको छ । हाम्रो समाज अझै त्रिपालको लुछाचुडीमा अल्झिएको छ । त्रिपाल बासका लागी  हैन अब हामीलाई बिस्कुन सुकाउनका लागी आवश्यक छ । खेतमा जुडी धान पाकेर झर्ने बेला भैसक्यो, हामी राहतमा आएको दुईचार किलो चामल र दुईचार थान चाउचाउ पाउने आशमा घण्टौँ हिडेर बजार पुगिरहेका छौँ । गोडमेलको अभाबमा झारले डुवाएको मकै गोड्न छाडेर हामी राहत आउने आसमा बाटो हेरेर बसेका छौँ । अनि हामी कसरी उठ्न सक्छौँ भग्नाबषेशबाट ? हामी हाम्रो खेतमा भएको धान ढलेको मेसो पाउदैनौँ ,झारले मकै मरेको भ्याउ पाउदैनौँ अनि कसरी अगाडी बढ्न सक्छौँ ? त्यसैले अब हामी फेरी उठ्ने हो भने एकपटक कम्मर कस्नुपर्नेछ । काट्नुपर्नेछ पाकेका धानहरु ,गोड्नुपर्नेछ मकैहरु र बनाउपर्नेछ घरहरु ,बगाउनुपर्ने छ पसिना र फर्कनुपर्नेछ सामान्य जिवनतिर । दुईचार किलो चामल,चाउचाउ र त्रिपालका लागी हामी कतिन्जेल मगन्ते बन्ने ? मागेर कतिन्जेल जिन्दगी चल्छ ? आउनुहोस हामी एकपटक पहिले भन्दा अलिक बढी पसिना बगाऔँ र फलाऔँ माटोमा नै हाम्रा खुशिहरु अनि मात्र हामीले हाम्रो जिन्दगीलाई सुन्दर बनाउन सक्छौँ । वा भनौँ श्रम गर्नेहरुप्रति सम्मान संस्कृतीको निर्माण गर्न सक्छौँ । आउनुहोस हातेमालो गरौँ । हाम्रा लागी हामी आँफै केहि गर्न सक्छौँ । यो अबसर पनि हो हामीलाई  प्रगती पथमा लम्कने ।















Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment