English Edition

एनआरएन एनसीसी अमेरिकाको पहिलो वैठक मेरिल्याण्डमा

एनआरएन एनसीसी अमेरिकाको नवनिर्बाचित केन्द्रीय समितिको पहिलो वैठक मेरिल्याण्ड राज्यको बाल्टिमोरमा हुने भएको छ । सो वैठकमा एनआरएन एनसीसी अमेरिकाले आफ्नो नीति तथा कार्यक्रमको विषयमा बृहत् छलफल गर्ने र छलफलका निर्णयहरुलाई सार्बजनिक गर्ने कुरा एनआरएन एनसीसी अमेरिकाका मिडिया कोअर्डीनेटर सर्बज्ञ वाग्लेले बताउनु भयो ।

सोही दिनमा अमेरिकाको लागि नव नियुक्त राजदूत डा. अर्जुन कार्कीको प्रमुख आतिथ्यमा नेपाली मुलको अमेरिका मैं पहिलो Maryland मा अबस्थित Indian Head नगरको नव निर्बाचित उप नगर प्रमुख किरण सिटौला र अमेरिकी राष्ट्रपती ओबामाबाट नव नियुक्त पहिलो नेपाली मुलकी महिला (Asian and Pacific Islander Advisor to President of United States Barack Obama ) संजीता प्रधान लाई गर्बका साथ सम्मान गर्ने कार्यक्रम समेत भएको कोअर्डीनेटर सर्बज्ञ वाग्लेले बताउनु भयो | Maryland, Virginia, Washington DC, Delaware र Pennsylvania मा बसोबास गर्नुहुने संपूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितीको लागी हार्दिक अनुरोध गरेकोछ । Town Hall Meeting कार्यक्रम पनि एनआरएन च्याप्टरका पदाधिकारि तथा केन्द्रिय पदाधिकारिको संयुक्त प्रयासमा राखिएको छ ।

 एनआरएन एनसीसी अमेरिकाकोका सम्पूर्ण साधारण सदस्यहरू,आजीवन सदस्यहरू, वुद्दिजीवी,पत्रकार,कलाकार ,विभिन्न संघ संस्थाका प्रतिनिधिहरू,लव्ध प्रतिष्ठित व्यक्तिहरूलाई हार्दिक आमन्त्रणका साथ अमूल्य सल्लाह र सुझावहरूको पनि अपेक्षा गरिएको छ । उक्त कार्यक्रममा एनआरएन एनसीसी अमरिकाका निवर्तमान पदाधिकारीहरूलाई विदाई तथा सम्मान कार्यक्रम पनि राखिएको छ । भरखरै मात्र एनआरएन एनसीसी स्थानिय च्याप्टरको निर्वाचन सम्पन्न गरेको एनआरएन एनसीसीले संगठनलाई जनमुखी, समाजमुखी र थप बढी जिम्मेवारीपूर्ण बनाउनको लागी पनि सुझाव र सल्लाह लिई आफ्नो नीति टाउन हल बैठक कार्यक्रम बनाउने भएको हुनाले यसको केन्द्रीय कार्य समीतीको पहिलो बैठक तथा टाउन हल बैठक बाल्टिमोर, मेरील्याण्ड मा आयोजना गरिएको छ ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment